असार ५ रौतहट ।।्एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारको २०२१(२०२३ कार्यकालको लागि सदस्य पदका उम्मेदवार महोतरीको सम्सी गाउँपालिका वडा नम्बर ३ का अबदुल खालिक सेखले सदस्य पदमा उम्मेदवारीको घोषणा गरेका छन ।

कर्यकारी सदस्य सेखले अघिल्लो कार्यकालमा एनआरएन कतारको साधारण सदस्य भएर उत्कृस्ट कार्य गर्दै कतारमा बसेका नेपालीको मन जित्न सफल भएका थिए ।एनआरएन सबै नेपालीको साझा संस्था बन्न सकोस् भन्ने सोच बोकेर यस अभियानमा अगाडी बढेको सेखले बताए । आफ्नो आगामी नयाँ कार्यकालमा नेपालीका लागि नेपाली भन्ने नारालाई सार्थक तुल्याउन क्रियाशील भई दृढताका साथ अगाडी बढ्ने प्रतिबद्धता अबदुल खालिक सेखले जाहेर गरेका छन् ।

साथै, विगतमा मातृभुमि नेपालमा बसिरहेका दाजुभाई दिदि वहिनीहरुलाइ परेको भुकम्प, बाढि, पहिरो जस्ता दुस्खको घडिमा सहयोगको लागि अनुरोध गर्न तथा उनले विपद्का बेला जस्तै मातृभुमि नेपालमा हाल देखा परेको महामारीको संकटसँग जुध्न विश्वभर छरिएर रहेका नेपाली समुदाय एकजुट हुनुपर्ने धारणा राख्दै साथ सहयोग, गरिदिन समेत गैर आवासिय नेपाली दाजु भाई दिदी बहिनीमा अपिल गरेका छन् ।

सेखले उम्मेदवारी दिदै आफ्नो अधिकारीक फेसबुकमा लेखेका छन् “आदरणिय गैरआवासिय नेपाली संघ कतारका अग्रज अभियन्ता ज्यूहरु, कतारबासी दाजुभाई तथादिदीबहिनीहरु, पत्रकार मित्रहरु र गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका परिषद् सदस्यज्यूहरुम अस्सलामुअलैकुम वरहमतुल्लाहे वबरकातहु एवम् नमस्कार सहित गरेका छन् ।

सर्वप्रथम, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२१-२०२३ कार्यकालको लागि म अबदुल खालिक सेख कार्य समिती सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको जानकारी यहाँहरुलाई अवगत गराउन चाहन्छु । म विगत ८ वर्षदेखि कतारमा कार्यरत रहदा सामाजिक संघ संस्थाहरुको कार्य सम्पादनका अनुभवहरूलाई जिम्मेवारी निर्वाह गरिसकेको जानकारी यहाँहरुलाई अवगत नै छ भन्ने जानकारी दिएका छन् ।

यस गरिमामय संस्थाको परिषद सदस्यहरुले आफ्नो साथ सहयोग र समर्थन गरी गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको कार्य समिती सदस्य पदमा मलाइ काम गर्ने अवसर प्रदान गराईदिनु हुन हार्दिक आग्रह गर्दै धन्यवाद सहित भनेका छन् ।

अबदुल खालिक सेख
२०२१-२०२३ कार्य समिती सदस्य पदको उम्मेद्वार
एनआरएनए एनसीसी कतार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here