रौतहट ,५ असार ।रौतहटको सदरमुकाम गौर अवस्थित रहेको गौर अस्पताल ,गौरको मेसु डाक्टर कृष्णा साहले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न तलिन रहेको अस्पताल व्यवस्थापन तथा संचालक समिती सदस्य ओमप्रकाश साहले आरोप लगाएका हुन् ।
यश वर्षको आ.व २०७७/७८मा प्रदेश एव केन्द्र सरकारबाट आएको रकम बारे अनभिज्ञ रहेको मेसु डाक्टर कृष्णा साहले रहेको अर्थात व्यवस्थापन समितिले पटकपटक पत्र काटेर सोध्दा पनि अटेरी गरेको रहस्य सदस्य ओमप्रकाश साहले जानकारी गराएका छन् ।
गौर अस्पताललाई प्रदेश सरकारले पठाएको रकम आव २०७७/०७८ मा करिब १ करोड ५० लाख रकमको टेण्डर प्रक्रियामा नगई आफ्नो स्वार्थ पूरा गर्न झोला टाइपको सानो ब्याग राखी कार्यालय मातहत खर्च गरिने रकमको सम्पुर्ण कागजातहरु मेसु साहले आफू ब्याग बाहेक कार्यालय राख्दै हिड्ने आफै भ्रष्टाचारको सबुत रहेको सदस्य साहले बताए।
गौर अस्पतालको फोकल पर्सन डाक्टर कृष्णालाई तोकिएपनी व्यवहार लागू नभएको ठोकुवा दावी गरेको उनले आरोप पोखे।
कुनै पनि कार्यालयको प्रमुखले आफै प्रत्यक्षरुपमा सम्पुर्ण कार्य गर्न सकिदैन सर्विददै छ तर गौर अस्पतालका मेसु डाक्टर कृष्णा साहले आफ्नो कलाकर्तुत लुकाउन फोकल पर्सन एवं कार्यसम्पादन जिम्मेवारी दिएका कर्मचारीहरुको काम आफै गर्दै आइरहदा पनि समितिले कार्य भइरहेको वा हुनेवाला कार्यको बारेमा समिक्षा बैठक पटकपटक बसाउदा मेसु अनुपस्थित रहेको प्रमाणले भ्रस्टाचार मौलाएको रोक्न खोज्दा व्यवस्थापन समितिको पत्र पटकपटक पठाए तर मेसु साहले अटेरी गरेको सदस्य ओमप्रकाश साहले जिकिर गरे।
प्रदेश २ सरकारबाट आएको १ करोड ५० लाख रुपैया औषधि खरिद गर्न आएको रकमको हिसाब पारदर्शी गौर अस्पतालका मेडिकल सुप्रीमटेन्डेन्ट डाक्टर कृष्णा साहले नगरेको व्यवस्थापन तथा संचालक समिति सदस्य एवं समाजसेवी युवा नेता ओमप्रकाश साहले जनताको स्वास्थ्य सङ्ग जो पनि होस हामी युवा लगायत जनताहरुले हिसाब लिन कुनै कसर बाकी राख्ने छैन ।
गौर अस्पताल व्यवस्थापन तथा संचालक समितिले प्रदेश एवं केन्द्र सरकारबाट आएको रकम माग गर्दा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णा साहले ईन्कार गर्दै आएको सदस्य साहले प्रस्ट पारे।
प्रदेश २ सरकारबाट ८१ लाख रकम आएको अन्यौल मै छ।औषधि खरिद भएको विवरण देखाउन आनाकानी गर्ने गरेको अवस्था रहेको सदस्य साहले जानकारी गराएको छ।विश्वव्यापी कोरोना १९ भाइरसको दोस्रो भेरिएण्ट चलिरहेको हुदा सोको न्यूनीकरण गर्नका लागि रौतहटको सबै पालिकाले ५ लाखको दर रकम ह्यान्ड ओभर गरेको रकम बारे सोध्दा डाक्टर कृष्णा साहले आनाकानी गरेको सदस्य ओमप्रकाश साहले जनक दैनिक खबरका प्रधान सम्पादक अरविन्द कुमार यादवसङ्गको समसमायिक विषयको कुराकानीमा बताए।
व्यवस्थापन समितिको बैठक बलाउदा मेसु डाक्टर कृष्णा साहले आफुलाई कालो मसो दलने जनताहरुले भनी बाहिर निस्क्ने रबैयाले अस्पताल जिर्ण अवस्था पुगेकाले अब हामी समिती सदस्य ओमप्रकाश साहको नेतृत्वमा भोलि आइतबार दिन कालो मसो दलिने कार्यक्रम गर्ने उनले जानकारी गराएका हुन् ।
प्रदेश सरकारले दिएको स्वास्थ्य समाग्री थन्क्याइ राखेको अवस्था देखिएको हो तर कोभिड सम्बन्धि किटको अवधी सकिदै छ।
विगत वर्ष देखि नै गौर अस्पतालको मेसु कृष्णा साहकै कारण अस्पतालको अवस्था जिर्ण बन्दै गएपछी युवाहरुले पटकपटक समाजिक सन्झाल एवं प्रत्यक्षरुपमा सूचना हक माग गर्दा पनि दिएको छैन सोको समाचार पटकपटक प्रकाशन हुदा संबंधित मन्त्रालयका मन्त्री कानमा तेली हालेर बसेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here