रौतहट, १० असार : विपक्षी दलले रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा बिथोल्न खोजेपछि झडप परेको छ ।बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ सेल अश्रुग्यास प्रहार गरेको रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए ।

झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए । पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।

तनावकाबीच मौलापुर नगरपालिकाले आफ्नो पाचौं नगरसभा भने सम्पन्न गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here