आषाढ २७ गते, रौतहटको राजपुर नगरपालिका वडा नम्बर ३ बलुवा टोलमा पर्ने श्री किसान माध्यमिक बिधालयका कक्षा ८ मा अध्ययनरत ३० जाना छात्राहरुलाई साईकल वितरण गरिएको छ | रौतहटको राजपुर नगरपालिका वडा नम्बर ३ बलुवा टोलमा पर्ने श्री किसान माध्यमिक बिधालयका ३० जाना छात्राहरुलाई
राजपुर नगरपालिकाका नगर प्रमुख मो.सकिल अख्तरले एक कार्यक्रम बिच साइकल वितरण गर्नु भएको हो । नगर प्रमुख मो.सकिल अख्तरले प्रदेश २ सरकार मुख्यमन्त्रीको बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छात्राहरूलाई सो साइकल वितरण गर्नु भएको हो । कोरोना भाइरसको जोखिमलाई मध्य नजर गर्दै भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुका साथै सामाजिक दुरी समेत कायम गरि साइकल वितरण गर्नु भएको अख्तरले बताउनु भयो । विद्यालयमा आयोजित कार्यक्रममा साइकल वितरण गर्नु हुदै अख्तरले साइकल वितरण कार्यक्रमले टाढाबाट विद्यालय आउने छात्राहरुलाई विद्यालय आवतजावतमा सहज हुने बताउनु भयो । भौतिक दुरि टाढा भएका कारण धेरै छात्राहरुले विद्यालय अध्ययन गर्न बिचमा नै छाड्ने गरेको धेरै उदाहरणहरु देखिएकाले दुरि टाढा भएका कारण विद्यालय छाड्नु पर्ने समस्या साइकल वितरणले अन्त्य भएको अख्तरले रौतहटएक्सप्रेस अनलाइन लाई बताएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here