काठमाडौं– सरकारले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन ६ गते सार्वजनिक बिदा दिइने निर्णय भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मियाँ अन्सारीले तीन दिन अघि गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर सार्वजनिक बिदा दिन ध्यानाकर्षण गराउनुभएको थियो ।

आयोगकै पहलमा केपी ओली सरकारले पनि सार्वजनिक बिदा दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here