मो.मजिबुल्लाह । राैतहट । साउन १४ गते रौतहट जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिकाका मेयर संताेष मेहताले विकास निर्माणको कार्यलाई तिव्रता दिएका छन ।
नगर प्रमुख मेहताले यतिखेर आफना नगरमा सडक निर्माण, सडक ढलान, भौतिक पुर्वाधार निर्माण, बिधालयमा भवन निर्माणको धार्मिक स्थल निर्माण साथै , नाला,बिजुली बतिको पनि विस्तार लगाएतका कार्य धमाधम गर्न थालेका छन ।

नगर प्रमुख मेहताले सडक, पुर्वाधार निर्माण लगाएत कार्यलाई विशेष प्राथमिकता दिएका छन ।
मेयर मेहताले ईशनाथ नगरपालिका ५ लक्ष्मीनिया टोल देखि वडा नम्बर ९ डुमरिया सम्म लगभग डेढ कि.मि. कालो पिच रोड निर्माण गराउदै हुनुहुन्छ ।
त्यस्तै मेयर मेहताले लाखौको लागतमा सडक ढलान कार्य सम्पन्न भएको बताए ।

लामो समयदेखी सडक जिर्ण हुँदा सर्वसाधारणलाई आवत जावत गर्न ठुलो कठिनाई हुँदै आएको देखेर मेयर मेहताले गाउँको मुख्य मुख्य बाटोलाई ढलान गराएका हुन ।

सडक ढलान भएपछि स्थानीयहरु उत्साहित भएका छन सर्वसाधारणलाई आवत जावत गर्न समेत सहज भएको छ ।
जनताको इच्छा र चाहना अनुसारको काम गर्दै जाने आफनो योजना रहेको मेयर मेहताले बताएका छन ।
जनताको आवश्यक्तालाई पुरा गर्न आफु कुनै पनि शर्तमा पछाडि नपर्ने उनले बताएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here