मो.मजिबुल्लाह साउन १७,रौतहट ।। रौतहटको विभिन्न ठाउँबाट उत्पादन गरेको अबैध घरेलु मदिरा प्रहरिले नष्ट गरेको छ ।रौतहटमा जति कडा गरे नि अबैध मदिरा उत्पादनमा निरंतरता दिएको पाईएको छ ।प्रहरिलाई मात दिदै विभिन्न ठाउमा सन्चालन हुँदै आईरहेको छ ।आईतवार रौतहट प्रहरीले जिल्लाको विभिन्न स्थानमा उत्पादन गरिएको ३ हजार लिटर अबैध घरेलु मदिरा नष्ट गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय राजपुरको संयुक्त प्रहरी टोलीले राजपुर नगरपालिका वडा नम्वर ५ मा अबैध रुपमा संचालनमा रहेका तिन वटा भठीलाई तोडफोड गरेर १ हजार लिटर कच्चा पदार्थ र तयारी मदिरा ५० लिटर नष्ट गरेका हुन् ।
यसैगरी परोहा नगरपालिका ४ मा ३ भठीबाट २ हजार लिटर तयारी मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम साहले जनाएको छ । मदिरा उत्पादन गर्ने ६ वटा मेशिन, १० वटा ड्रम लगायतका विभिन्न सामग्रीहरु जफत गरिएको जानकारी दिदै एसपी शाहले मदिरा भठी कसको हो सोको पत्ता लगाएर तिनीहरु विरुद्ध आवश्यक कारवाही गर्ने प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here