रौतहट साउन २४ । रौतहट जिल्लाको यमुनामाई गाउँपालिकामा कार्यरत लेखापाल श्री नारायण झा अहिले निकै चर्चामा आएको हो। कमिसनको भरमा कार्य गर्ने लेखापाल झा अहिले जिल्ला अस्पताल गौरलाई पनि लुटिरहेको एक कर्मचारीले जनाएको हो।

केहि दिन पहिला विवादमा तानिएको यमुनामाई गाउँपालिकाको भ्रष्ट लेखापाल झा गाउँपालिकाको लागि लेखा सम्बन्धि कुनै राम्रो कार्य नगरेको भन्दै अन्यत्र सरुवाको मांग गर्दै कोष लेखा नियन्त्रक कार्यालय रौतहटमा गाउँपालिका अध्यक्ष श्री प्रकाश मुखियाले मौखिक आदेश दिएको थियो।

लेखापाल झालाई लेखा सम्बन्धि कुनै ज्ञान नरहेको र लेखा सम्बन्धि कार्य गर्न एउटा एस्टेपनिङ्ग राखेको बुझिएको हो। लेखापालले जिल्ला अस्पताल गौरमा पनि व्यापक भ्रष्टाचारमा लिप्त रहेको एक कर्मचारीले जनाएको हो। गाँउपालिकामा मोटरसाइकल खरिद हुँदा लेखापाल झाले लाखौं रुपैयाँ कमिसन लिएको एक कर्मचारीले जनाएको हो।लेखापाल झालाई लेखा सम्बन्धि कुनै जानकारी नै नरहेको झा कार्यालय सहयोगी बाट आन्तरिक बढुवामा लेखापाल बनेको हो। लेखापाल झाले केही बर्ष पहिला ५५ लाख रुपैयाँ एकैमुस्ट आफ्नो नातागोताको खातामा राखेको थियो। सो रकमबाट नातागोताले केही रकम खर्चेको हुँदा सो बिषयमा हंगामा भएको थियो। यति मात्र होइन जिल्ला अस्पताल गौरमा कार्यरत लेखापाल झाले गत आर्थिक बर्षमा आएको OCMC घाउ चेकजाँच सहित अन्य सुबिधाजन्य आएको रकम झ्वाम गरेको एक चिकित्सकले जनाएको हो।


भ्रष्ट लेखापाल झालाई कार्वाही नगरी सम्बन्धित निकायले उल्टै प्रोत्साहन गरी रहेको गाउँपालिका अध्यक्ष मुखियाले बताए। लेखापाल झाको यस्तो कमिशनको रवैया हेर्दै यमुनामाई गाउँपालिका अध्यक्ष मुखियाले लेखापाल झालाई अन्यत्र सरुवाको मौखिक आदेश दिएपनि कोष लेखा नियन्त्रण कार्यालय रौतहट गौरले लेखापाल झालाई सरुवा गर्न मानेको छैन । यमुनामाई गाउँपालिकामा कमिशन लिएर योजनाको भुक्तानी गरेको कुरा थाहा पाए पनि कोष लेखा नियन्त्रक कार्यालय रौतहटले लेखापाल झाको सरुवा गर्न बाट पछाडी हटेको हो ।

पैसाको पहुचको कारण लेखापाल झाले भ्रस्टचार गरे पनि अहिले सम्म कारवाही नगर्नु रौतहट बासीको लागि एउटा दुखद समाचार समेत बनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here