प्रेम यादव ।। खुकुरीको चोट अचानोलाई थाहा हुन्छ भने झै बाल्यकालमै अभिभावक गुमाउनुको पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ ।

घरका मूलि, अभिभावक पिता गुमाउनु पर्दा आफुलाई सम्हाल्दै सन्तान हुर्काउने आमाको पीडा, अप्ठ्यारोमा सहरा नपाउदा सन्तानले भोग्नु परेको पीडाको हिसाब सायद संसारको कुनै क्यालकुलेटरले गणना गर्न सक्दैन ।

हाम्रो जिवनको कालो दिन २०६८ असार २३ गते । यसै दिन गौरको जिल्ला अदालत नजिकै रहेको कर्मचारी मिलन केन्द्रको सकडमा मेरो बुवा कुस्ती खेलाडी प्रेमपुर गोनाही १ का ५० वर्षीय उपेन्द्र दास बैरागीको गोली हानी हत्या भयो । ठूलो दाई ११ वर्षको र म सम्भवत ९ वर्षको बालक थिए ।

त्यो दिन बुवाले गाँउमा जग्गा किन्नु भएको थियो । म घरमै खेलि रहेको थिए । बेलुका जग्गा किनेको उपलक्ष्यमा भोज खुवाउनलाई बुवालाई कसैको फोन आयो । त्यो दिन बुवाको सबै कपडा आमाले धुनु भएको थियो, बेलुका फोन आए पछि खरानी रंगको कुर्ता र धोती लगाएर बाहिर निस्किनु भयो । बजार गएकी आमा फर्किए पछि वहाँले बुवाको बारेमा सोध्नु भयो, मैले बुवाको फोन आएको थियो वहाँ बाहिर निस्किनु भो भनेर जवाफ दिए । त्यसपछि आमा खाना पकाउन तिर लाग्नु भयो ।

बेलुका ८।३० बजे तिर बति गयो र सोही समय बाहिर सडकमा केही पडकिएको आवाज आयो । आवाज हामी बसेको घरको कोठा सम्मै सुनियो । बाहिर के पडकीयो हेरेर आउ भनेर आमाले मेरो ठूलो बुवाको छोरालाई बाहिर पठाइन । बाहिर केही पडकीएको आवाज सँगै अचानक आमाको घाटीमा रहेको मंगलसूत्र आफै चुडियो । सायद त्यो अपसगुनको संकेत थियो । बाहिर गएर आएका ठूलो बुवाको छोराले गोलि चलेको र सो गोली मेरो बुवालाई लागेको खबर लिएर आयो । त्यतिखेर घरमा मेरो दाई, आमा, ठुलो वुवाको छोरा, एक जना दिदी र म थिए ।

बुवा गौरको मिलन केन्द्र नजिकै राममंदिरको छेउमा तल भुईमा लडेको, पिठयुमा गोली अवस्थामा हुनुहुन्थ्यो । कहिल्यै नसोचेको कुरा देख्ने बितिकै दिमाग शून्य भयो, चेतना हराए जस्तो, भाव बिहिन भए जस्तो । एम्बुलेन्सलाई खबर गर्दा पनि आउन ढिलो गरे पछि नजिकै रहेको एउटा टेम्पुमा बुवालाई राख्यौं । बुवा होसमै हुनुहुन्थ्यो, त्यो दृश्य देखेर आमा भने बेहोस हुनुन्थ्यो । गोली लागेको अवस्थामा पनि वुवाले भन्नु भो “नरोउ मलाई केहि हुदैन । ” शायद यो वहाँको अन्तीम आश्वासन थियो हाम्रा लागी ।

बुवालाई अस्पताल लग्यौं, डाक्टर थिएन् । पछि होहल्ला हुन थाले पछि डा। रामाशंकर ठाकुर आए । डाक्टरले बुवालाई जाँच गरे तर पिठयूमा लागेको गोलीले मुटुलाई छेडि सकेको थियो, उनी बिति सकेका थिए । बति जाने बितिकै गोली चल्नु, समयमा एम्बुलेन्स नआउनु, अस्पतालमा डाक्टर नभेटिनु अनी चौबिसै घण्टा प्रहरीको एउटा पिकेट नै बस्ने मिलन केन्द्रको चोकमा बुवामाथि गोलि प्रहार हुनु यो सबै संयोग पक्कै थिएन ।

बुवाकोे अवश्था त्यस्तो देखेकी आमाको पनि स्थिति खराब थियो । आमालाई निद्रा लागोस भनेर डाक्टरले निदाउने इन्जेक्सन दिइ रहेका थिए । त्यै पनि उनी ५÷१० मिनेटमै आमा होसमा आउथिन अनी कसैले जवाफ दिन नसक्ने प्रश्न सोध्थीन “बुवा खोई रु” हामी आफ्नो आसु लुकाउदै बुवा ठिक हुनुहुन्छ भनेर झूठ बोलथ्यौं ।

घटना पछि रातिनै सबै आफन्तहरु घर आए तर बुवालाई सहिद घोषणा नगरे सम्म र अपराधि पक्राउ नपरेसम्म बुवाको शव नउठाउने निर्णय भयो । जिल्लामा खेलप्रेमी खेलाडी तथा शुभचिन्तकहरुले ठाँउ ठाँउमा प्रर्दशन गरेपछि थुप्रै नेता कार्यकर्ताहरुले माँग पुरा गर्ने आश्वासन दिए । युवा तथा खेल मन्त्रालबाट समेत सहिद घोषणा गर्ने निर्णय भयो । युवा तथा खेलकुद मन्त्रालयले ९ बैशाख २०७२ मा अर्थ मन्त्रालयलाई पत्राचार गर्दै बुवाको योगदानको कदर गर्दै परिवारको भरणपोषणको लागी नगद १० लाख दिन अर्थ मन्त्रालयको सहमति माग गरे पनि हामीले अहिले सम्म क्षतिपूर्ती र न्याय पाँउन सकेका छैनौ ।

सरकारको निर्णय र आश्वासन पुरा हुने आशमा १० वर्ष बित्यो । घटनाको १० वर्ष १ महिना ३ दिन पछि साउन २७ गते सोही घटनाका फरार अभियुक्त सोनफी पासवान हजरालाई पक्राउ गरेको खबर सुन्यौं । प्रहरीलाई स्याबास भन्ने शब्द सकिएको जस्तो लाग्यो, मनमा न्याय पाइन्छ की भन्ने आशाको एउटा सानो त्यान्द्रो पलायो । राजपुर बमकाण्डको १२ वर्ष पछि आफताब आलम पक्राउ पर्दा अदालतले गरेको त्यो निर्णय जस्तै अन्यायमा बितेका हाम्रा १० वर्षको एकएक हिसाब अब अदालतले गर्छ भन्ने आशाको किरण बलेको थियो ।

तर एक दशक पछि प्रहरीले पक्राउ गरेको अभियुक्तलाई जिल्ला अदालत रौतहटले पलभरमै छोडयो । जिल्ला अदालत रौतहटलाई अभियुक्त छोडन कति हतार छ भन्ने कुरा त पुजारी श्रीराम साहको हत्या आरोपमा फरार रहेका नुरुल्लाहलाई छोडेरै प्रमाणित भएको छ । समान्य तारेखमा जिल्ला अदालतले अभियुक्त सोनफी हजरालाई २९ साउनमा छोडयो । ज्वरो नाप्ने थर्मामिटर, अक्सीजन नाप्ने अक्सीमिटर जस्तो पीडा नाप्ने कुनै यन्त्र भएको भए हाम्रो पीडा नाप्दा सायद त्यो यन्त्र फुटथ्यो ।

केही अुनतरित प्रश्नहरु छन जसको जवाफ पाउनु छ । किन र कसको आदेशमा मेरो बुवाको हत्या भयो रु हत्या पछिको प्रहरी अनुसन्धानले मुख्य अपराधिलाई किन पक्राउ गर्न सकेन रु को को थिए अपराधि रु के हाम्रो अनुसन्धान र न्याय प्रणाली यति कमजोर छ की दशक भन्दा बढी समय लाग्छ न्याय पाउँन रु बस यति प्रश्नको जवाफ खोज्दैछु ।

न्यायमूर्ती ज्यू, मन भित्रको पीडा र दुख कम गर्ने ओखती बजारमा पाइदैन । पीडित परिवारले आदालत तर्फ न्यायको आश लगाएर हेरि रहेका नजर फेरी आँशुले भरिएका छन । घाउँ फेरी ताजा भएको छ, शायद फेरी नूनचुक छरिएर होला ।

१२ वर्ष पछि खोलो पनि फर्किन्छ भन्छन नी । सत्य पराजित हुदैन भन्ने सुनेको छु । एक दिन हाम्रो आवाजले आकाश गर्जिएला, एक दिन दिपक ढकाल र भुपेन्द्र खत्रि जस्ता राष्ट्रसेवक पक्कै आउलान जसले अपराधी घिसार्दै खोरमा ज्याक्ने छ त्यतीन्जेल हामी अझै कुर्छौ ।

– लेखक हत्या गएिका खेलाडीका कान्छा छोरा हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here