रौतहट ,२६ भादौ । रौतहटको च:पुरमा जमिअत उलमाए नेपालको तेस्रो अधिवेशनमा बोल्दै मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मियाँ मुस्लिम समुदायको हकहित ,संरक्षण तथा उत्थान प्रवर्द्धन सहितको सशक्तीकरणका विषयमा बोलेका छन।

जमिअत उलमाए नेपाल अधिवेशनको कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मियाँले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै भने मुलकको सबभन्दा बाक्लो शिक्षा उथान तथा उपस्थिति रौतहट जिल्लामा मुस्लिम समुदायहरु रहेको तथ्यांक भन्दा बढी नै रहेको हुना आउदो असोज २५ गते देखि सुरु हुने जनगणनामा घरमा उपस्थित रहेको वा घर बाहिर काम गर्न गएका सदस्यहरुको पूरा विवरण गणकलाई दिनु नभुल्नु होला मुस्लिम समुदायको मोलबी मोगलना उलमाए तथा अगुवा हरू सङ्ग आग्रह गरेका थिए । जुन समुदायको जति जनसंख्या जनगणना अनुसार हुन्छ सो अनुरुप राज्यबाट सेवासुविधा आरक्षणले दिने उनले बताए।

मुस्लिम समुदायहरुका छोराछोरीहरु शिक्षा बाट टाढिदै गएकोमा आफू सो विरुद्धको अभियान चलाउदै आएकोमा सबै आ आफ्नो स्तरबाट एक रोटी खाएर सन्तानलाई शिक्षा दिलाउन हार्दिक आग्रह समेत गरेका थिए भने मदरसाबाट शिक्षा लिएकोहरुलाई पनि शिक्षा मन्त्रालयले प्रमाणपत्र दिने व्यवस्था मिलाउन मुस्लिम आयोगको अध्यक्ष समिम अन्सारीले कुराकानी गरिरहेको बताएका हुन ।
मुस्लिम समुदायको सबै पर्वहरुमा विदा दिन सरकार सङ्ग पहल गरि कार्यव्ययन गराउन कुनै कसर बाकी नराख्ने बताएका हुन।
मुस्लिम समुदाय हरूको हक,हितको ,संरक्षण तथा उत्थान सम्बद्वन र सशक्तिकरणका विषयमा मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मियाँले जमिअत उलमाए नेपालको अधिवेशनको कार्यक्रमका प्रमुख अतिथि गरेका हुन । जमिअत उलमाए नेपालको अधिवेशनमा स्वागत मन्तव्य मौलानाले राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here