रौतहट २४ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वको तयारी रौतहटलगातय तराई मधेशका जिल्लाहरुमा धुमधामसँग भइरहेको छ । कालिगढहरुले यहाँका नदि, ताल तलैया, पोखरीका किनारहरु दुलही जसरी सिंङ्गारिरहेका छन् । प्रत्येक वर्ष छठघाट निर्माण गरिएका स्थानहरु दुलहीझैँ सिङ्गारिएका छन् भने टेन्ट, झिलिमिली, मूर्ति, ध्वजा पताकालगायत वस्तुहरुले सजाएर झकिझकाउ परिन्छन् ईशनाथ नगरपालिकाका मेयर प्रत्यासि लाल बिहारी साहले बताएका हुन ।

छठघाट सजाउन कालिगढहरुलाई अहिले भ्याइनभ्याइको अवस्था रहेको छ । छठ घाटको सजावट र मूर्तिहरु निमार्ण गर्न भारतदेखिका कालिगढहरु आउने गरेका छन स्थानीयले बताउँछन् ।

अहिले ब्रतालुहरु छठकै लागि भनेर किनेको नयाँ डालोमा ठेकुवा, कसार, उँखुको टुक्रा, नरिवल, केराउ, अक्षता, केरा, निबुआ, मूला, अन्य फलफूल, अदुवालगायत दर्जनौँ सामग्री राखेर छठ घाटतिर गइरहेका छन् । छठ घाटहरु छठको भजनले गुन्जिएका छन् ।

ब्रतालुहरुले आज साँझ सूर्य अस्ताउन थालेपछि जलाशयको जललाई छोएर सूर्यलाई अघ्र्य दिएर अघ्र्य पुरानै ठाउँमा आएर बस्ने र साँझ परेपछि कतिपय ग्रामीण समुदायका घाटबाट घर फिर्ता आउँछन् भने अधिकांश ठाउँमा घाटमा नै रात बिताउने चलन रहेको स्थानीयहरू ले जानकारी दिए ।

छठको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अघ्र्य दिइन्छ भने त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ सम्पन्न हुन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो ।

तराई तथा मधेशका क्षेत्रमा मात्र मनाइने यो पर्व हाल पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै आएको छ ।
मधेसी समुदायको पर्व भनेर चिनेने छठ पर्वमा विगत केही वर्षदेखि पहाडी समुदायको पनि सक्रिय सहभागिता देखिन थालेको छ ईशनाथ नगरपालिकाका मेयर प्रत्यासि लाल बिहारी साहले बताएका हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here