पौस १२ ।। रौतहट प्रदेश नं.२ को बाहिनी पती शस्त्र प्रहरी मुख्यालैय बर्दीबासको D.I.G गनेश ठाङा मगरले जिम्मेवारी सम्भालेको ४ महिना नबितिदै मात्र रौतहट जिल्ला बाट भन्सार छली गरेको करिब २ करोड ६६ लाख ४४ हजार ४ सय २४ बराबरको मालसमान रौतहट जिल्लामा खटाएको प्रहरी टोलीले बरामद गरेको छ । शस्त्र प्रहरीका D.I.G गनेश ठाङा मगर आउनसाथ आफ्नो मातहातमा पर्ने २ नं. प्रेदशको सवै युनिटलाइ कडा निर्देशन दिनसाथ शस्त्र प्रहरीले धमाधम मालसमान पक्राउ गर्न थालेपछी चार महिना नबितिदै २ करोड ६६ लाख ४४ हजार ४०० सय बराबरको अबैध तरिकाले नेपाल भित्रयाएको मालसमान बरामद गर्न सफल भएको हो ।
शस्त्र प्रहरी D.I.G गनेश ठाङा मगरको कडा निर्देशन पाउनसाथ अपराध अनुसन्धान शाखाका प्रमुखले समेत ८ वटै जिल्लामा बढ्दै गएको अपराधी क्रियाकलापका साथ साथै सीमाबाट हुने अबैध क्रियाकलापमा समेत निगरानी बढाउनुले चार महिनामा २ करोड ६६ लाख ४४ हजार ४०० सय बराबरको मालसमान पक्राउ गर्न सफल भएको बताइन्छ । रौतहटको विभिन्न नाका हुँदै अबैध तरिकाले आयात निर्यात गर्ने तस्करहरूमा समेत रौतहटको शस्त्र प्रहरीको कडा निगरानीले त्रास उत्पन्न भएको बताइन्छ ।
यति जाडोको मौसम पनि विभिन्न चोर नाकामा यजस्तो जाडोको महामारीले जुझिरहेको अवस्थामा समेत रौतहट शस्त्र प्रहरीले उठाएको कदमले स्थानीयहरू राहत महसूस गर्न पाएको बिषय कुनै नौलो कुरो नभएपनी आफ्नो जिवनको ख्याल नै नगरी रौतहटवासीको लागि रातदिन खटिरहेको बिषयले रौतहट शस्त्र प्रहरीको कार्य बारे प्रष्ट भएको छ । यस्तो जाडोको महामारीको समयमा समेत शस्त्र प्रहरीले आफ्नो जिउ ज्यानको ख्यालै नगरी रौतहटको जनताको लागि खटेर सुरक्षा दिदै आएको बारे दुइमत छैन ।
आफ्नो संगठनको नीति निर्देशन विपरित नगइ आफ्नो जिम्मेवारी पूर्ण रूपले पालना गर्दै आएको प्रदेश नं.२ को शस्त्र प्रहरीका D.I.G गनेश ठाङा मगरले बताए । उहाका अनुसार जिल्लामा जाडो मौसमको मौका छोपी केही तस्करहरू सलबलाएपनी उनिहरूको मनसायलाइ बिफल पार्न सफल भएको बताए । यस्तो समयमा अपराधी क्रियाकलापमा समेत कमि आएको दाबी गर्दै आफ्नो नीति निर्देशन अनुरूप अगाडी बढ्दै जाने, उनले बताए । आफ्नो मातहातमा पर्ने सबै युनिटलाइ कडा निर्देशन दिएको र निर्देशन विपरित कार्य गर्ने जोकोहिलाइ कानून बमोजिम कारवाही गर्नबाट आफू पछि नहटने बताउनु भयो ।
प्रदेश नं.२ को शस्त्र प्रहरीका D.I.G गनेश ठाङा मगरले कडा निर्देशन दिनसाथ सीमा नाका स्थित रहेका शस्त्र बैश कैमका प्रमुखहरूले आ-आफ्नो क्षेत्रमा कडा निगरानी बढाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here