माघ १६ गते, रौतहट ।। परोहा नगरपालिकाको आर्थिक लगानीमा नगर प्रमुख सेख वकिलले आज आईतबारको दिन नगर बिधालयमा छात्राहरुलाई साइकल वितरण गर्नुभएको हो ।
परोहा नगरपालिकाको नगर प्रमुख प्रभावशाली तथा बिकास पुरूष वकिलले “ प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तर्गत छात्राहरूलाई नगरपालिकाको आर्थिक लगानीमा साइकल प्रदान गर्नु भएको हो ।
कोरोना भाइरसलाई मध्य नजर गर्दै भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुका साथै सामाजिक दुरी समेत कायम राख्दै नगर प्रमुख सेख वकिलले अलग अलग कार्यक्रमकाबीच परोहा नगरपालिकाको विद्यालयमा कक्षा १० मा अध्ययनरत दुई सय छात्राहरुलाई साइकल वितरण गरेका हुन ।
परोहा नगरपालिकाको श्री अन्होती लाल माध्यमिक विद्यालय परोहा नगरपालिका लौकाहामा रहेको श्री बर्ह्म जोती माध्यमिक बिधालय तथा परोहा नगरपालिका विभिन्न वार्डमा साईकल वितरण सुरू भएको हो विद्यालयको अध्ययनरत छात्राहरुलाई साइकल प्रदान गर्नु भएका छन ।

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै परोहा नगरपालिकाको नगर प्रमुख सेख वकिलले यस कार्यक्रमले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा परोहा नगरपालिकालाई अग्रपङ्तिमा राख्ने सोच लिएको बताउनु भएका छन ।
विद्यालयमा छात्राहरुलाई पढाईप्रति आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ कार्यक्रम ल्याएको उहाँले नगर प्रमुख सेख वकिलले बताउनु भएका हुन ।
महिला शिक्षा विना नगर समृद्ध हुन नसक्ने यथार्थलाई बुझेर परोहा नगरपालिकाले एक पछि अर्को कार्यक्रम ल्याउन लागेको उहाँले बताउनुभयो ।
उहाँले परोहा नगरपालिकाले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको समेत बताउनु भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here