वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ। चुनावका लागि राजनीतिक दलहरूले अहिले घोषणापत्र बनाउनेदेखि विभिन्न कार्यक्रम गरिरहेका छन्। आकांक्षीहरू उम्मेदवार बन्न लबिङमा लागिरहेका छन्।

रौतहटको ईशनाथ नगरपालिकाका ४० वर्षीय संतोष कुमार मेहतालाई पनि चुनाव लागेको छ। ईशनाथ नगरपालिका बर्तमान नगर प्रमुख संतोष कुमार मेहतालाई चुनाव लाग्नुको अर्थ घरदैलो गर्ने, पर्चा पम्पलेट छाप्ने, प्रचार प्रसार गर्ने होइन। उनलाई चुनाव लागेको छ किनकी उनले फेरि पनि नगर प्रमुखमा लड्न योजना बनाएका छन् चित पनि सुनिश्चित रहेको छ स्थानीयले बताउँछन ।

२०३८ साल डुमरियामा जन्मिएका संतोष मेहताले झन्डै आधा शताब्दी देखि राजनीतिकमा भएर बिताइसके।

२०७४ सालमा स्थानीय तहको निर्वाचनमा ईशनाथ नगरपालिकामा नगर प्रमुखमा निर्वाचन भएको थियो ईशनाथ नगरपालिका भित्र बिकास र जनसम्पर्की बलियो रहेको जनताको समुहमा रातदिन ओहोरदोहोर गर्दै उनको फेरि चुनाव जितने स्थानीयले बताउँछन् ।

संतोष कुमार मेहता ईशनाथ नगरपालिका नगर प्रमुख हुन्। उनले यो ईशनाथ नगरपालिकाको नेतृत्व सम्हालेको दसौंपल्ट हो। तीमध्ये १ पटकमै उनले उम्मेदवार बनेरै चुनाव जिते।

यो ईशनाथ नगरपालिका मा १ लाख भन्दा बढी जनसंख्या छ । उनी बिहान उठेर दिनहुँ टोलको एक फन्को मार्छन्। यो उनको दैनिकी नै भएको छ। कता के भइरहेको छ आफैं गएर हेर्छन् र बुझ्छन्। दिनभरि के गर्ने, कहाँ जाने र क-कसलाई भेट्ने टुंगो लगाउँछन्। त्यसपछि खाना खान केहीबेर घर जान्छन्। त्यसपछि खाना खाएर कार्यालय जान्छन्।

२ दिन अघि रौतहट एक्सप्रेस अनलाइनको पत्रकार मोहम्मद मोजिबुल्लाहले कुरा गर्दा उनकी आमाले भने संतोष कुमार मेहताले भन्छन् जहिल्यै काम भनेर घरमा नबस्ने र परिवारलाई समय नदिने गुनासो गरेकी थिइन्। उनको त्यो गुनासोमा माया मिसिएको थियो। अहिले मेहतालाई त्यो मायासहितको गुनासो गर्ने मान्छे छैन।

संतोष कुमार मेहताको नगर प्रमुखको यात्रा २०७४ सालबाट सुरू भएको हो। त्यतिबेला उनले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीबाट उठेका थिए उनले नेपाली कांग्रेस पार्टीको एक दमै बलियो उमेदवार कौसलिया देवीलाई ठुलो मतबाट हराएका थिए। मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी बाट उम्मेदवारमा उठेर पहिलो पटकमा नै चुनाव जितेका थिए।

त्यसपछि यो ईशनाथ नगरपालिकाको जिम्मेवारी उनले कसैको हातमा जान दिएनन्। नगरवासीहरूले पनि यो जिम्मेवारी अरूलाई सुम्पन चाहेनन्।

लगभग आधाजसो चुनाव त उनले निर्विरोधै जितेका छन्। कसैले विपक्षमा उभिने हिम्मतै गरेनन्। कसैले चुनौती दिन खोज्दा पनि नराम्ररी पछारिए।

राजनीतिमा आउनुअघि उनी ईशनाथ नगरपालिकामा समाजसेवीको काम गर्थे।

पञ्चायत कालमा पनि उनी लोकप्रियता एकदमै थियो। उनलाई नगरपालिका र गाउँपालिका लागु आएलगत्तै २०७४ सालको चुनावमा लड्न मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीले टिकट दियो। त्यसबेला पानि उनले नगर प्रमुखको ठुलो मतबाट जित हासिल गरे ।

उनला ६ दिन अगाडि हामी उनलाई भेट्न साढे नौ बजेतिर उनको निजी निवास डुमरियामा गएका थियौं । घरमा भेटिए न जनताको माझमा भेटयो ।

‘मेहतालाई हामीले सोध्यौं- तपाईं फेरि चुनाव लड्न कि नलड्ने?

आफू नउठे यो ईशनाथ नगरपालिकामा कांग्रेसका उम्मेदवारले चुनाव जित्छन् भन्ने उनलाई लाग्छ। त्यही भएर उनले कांग्रेसको राजनीति गर्ने एक जना साथीलाई उम्मेदवार खोज्न भनेका थिए। उम्मेदवार हुने भनिएका दुई/चार जनाप्रति आफूलाई विश्वास नभएपछि फेरि चुनाव लड्न लागेको मेहताले बताए।

उनले आफूलाई चुनाव हारिएला भन्ने डर नभएको बताए।

‘अहिले म आफैंले चुनाव लड्छु भनेको होइन। सबैले तपाईं चुनावमा उठ्नुपर्छ भनेपछि उठ्ने निधो गरेको हुँ। पहिले आफूखुसी लडेको थिएँ, यसपालि नगर वासीले गर्दा। नगर वासीले मलाई फेरि जिताउँछन् भन्ने कुरामा विश्वस्त छु,’ उनले भने।

संतोष कुमार मेहताले भने अरू उम्मेदवारजस्तो चुनाव प्रचारमा पैसा खर्च गर्दैनन्। उनी माइकिङ, पोस्टरलगायत केहीमा पनि खर्च नगर्ने बताउँछन्।

‘मैले केही गरेको छैन। न त घोषणापत्र नै तयार गरेको छु। मेरो चुनाव चिन्ह्र बोकेर घरघर जान्छु र यही चिन्हमा भोट हाल्न आग्रह गर्छु। अरू कसैलाई भोट माग्न खटाउने गरेको पनि छैन,’ उनले भने,‘अरूलाई भोट माग्न पठाएको भए खर्च हुन्थ्यो। म आफैं भोट माग्न जाँदा घर-घरमा उल्टै मलाई चिया खुवाएर पठाउँछन्।’

आउने चुनावमा एक रुपैयाँ पनि खर्च न गर्ने उनको योजना छ।खर्च गर्छु भन्ने त्यो पैसा पनि चुनावअघि होइन चुनावपछि खर्च हुने उनले बताए।

‘चुनाव जितेको दिन समयबजी (जित भोज) खुवाउन खर्च हुन्छ,’ मेहतनले भने।

आफूले गरेको काममै आधारमा नगर वासीले आधा शताब्दीसम्म विश्वास गरेको मेहताले बताए।

‘पानीमा लेख्ने अक्षर र ढुंगामा लेख्ने अक्षरमा फरक हुन्छ कि हुँदैन?,’ उनले भने, ‘मेरो काम त्यस्तै हो। सबैमा पारदर्शिता हुन्छ। महिला, पुरूष जोसुकै आऊन्, राम्रो काम गर्नेका लागि सधैँ साथ हुन्छु। नगर वासीको काम परे जतिखेर जहाँ भए पनि पुग्छु। त्यसैले कोही पनि जनता मसँग असन्तुष्ट छैनन्। कसैले औंला उठाएका छैनन्। असन्तुष्टि भएको भए जिताउने थिएनन् होला।’

यो पनिः ५ वर्षदेखि नगर सम्हाल्दै आएका ४० वर्षीय नगर प्रमुख मेहता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here