मो.मोजिबुल्लाह,रौतहट,चैत १२ ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिकाकाे एउटै वडामा अस्पताल भवन उदघाटन र ब्रहम बाबा मन्दिरको शिलान्यास गरिएको छ । साे नगरपालिकाकाे वडा न.६ पल्टुवा स्थित रहेको अधारभुत अस्पताल इकाईकाे नव निर्मित भवन एक कार्यक्रमका बिच ईशनाथ नगरपालिका नगर प्रमुख सन्तोष कुमार मेहताले समुदघाटन गर्नु भएको छ ।
त्यस्तै ईशनाथ नगरपालिका वडा न.६ मै जयनगरमा रहेकाे ब्रहम बाबा मन्दिरको शिलान्यास गर्नु भएकाे छ ।
इशनाथ नगरवासिहरुको चाहना र आवश्यकता अनुसार आफुले सो उदघाटन र शिलान्यास गरेको कुरा बिकाश प्रेमी नगर प्रमुख मेहताले व्यक्त गर्नु भयाे ।
उक्त उदघाटन कार्यक्रममा वडा न. ६ का वडाध्यक्ष रामेश्वर साहको अध्यक्षतामा बिकाश प्रेमि नगर प्रमुख मेहताको प्रमुख अतिथी र बिशिस्ट अतिथी हुस्ने आरा खातुनको सहभागितामा उक्त उदघाट्न कार्यक्रम सम्पन्न भएको थियो । साे अवसरमा शेष अमिरूल,शेष भाेला,अन्जुर रहमान,संजय तिवारी,स्वास्थ्य शाखा प्रमुख रविन्द्र झा,नबल शाह,श्रीभगवान साह ,वडा सदस्य सर्फुदिन,शेष ईजाहिर,गान्धी साह सहितका नेकपा एमालेका नेता कार्यकर्ताहरूकाे उपस्थिती रहेको थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here