मो.मोजिबुल्लाह रौतहट चैत १९ ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिका–५ जटहरास्थित श्री माध्यमिक विद्यालयको ४ कोठे भवन तथा ३ तले सनिवार उद्घाटन गरिएको छ ।

भूकम्पले क्षतिग्रस्त बनाएको सोे विद्यालयको भवन ईशनाथ नगरपालिकाका नगर प्रमुख संतोष कुमार मेहताले ४ कोठे पक्की भवन तथा ३ तले निर्माण कार्य सम्पन्न भएपछि सनिबार ईशनाथ नगरपालिका नगर प्रमुख संतोष कुमार मेहताले उद्घाटन गरेका हुन् ।

नगर प्रमुख संतोष कुमार मेहताले नै शिक्षा भएकाले त्यसको विकासका लागि ईशनाथ नगरपालिका नगर संतोष कुमार मेहताले जोड दिएका छन ।

ईशनाथ नगरपालिका उप प्रमुख हुस्ने अाराले भूकम्पपछि समस्या झेल्दै आएका विद्यालयका विद्यार्थीका लागि मेरो र नगर प्रमुखको सहयोग र समन्वयमा पक्की भवन निर्माण गर्न सकेको बताए ।

भूकम्पले सो विद्यालयको भवन पूर्ण रुपमा क्षति पु¥याएपछि नगरपालिका शिक्षा शाखाले तत्कालीन अवस्थामा अस्थायी सिकाइ केन्द्र निर्माण गरी सहयोग गरेको थियो । नगर प्रमुख मेहताका अनुसार विद्यालय भवनको अभावमा विगत वर्षअगाडि देखि अस्थायी टहरामा अध्ययन गर्दै आएको विद्यार्थी ईशनाथ नगरपालिका नगर प्रमुख मेहतनले ३ तलेको चारकोठे पक्की भवन, ४ कोठे ३ तले भवन तथा निर्माण गरेपछि सुविधासम्पन्न भवनमा पढ्न पाउने भएका छन् ।

त्यसरी निर्माण भएको उक्त विद्यालय भवन र बालमैत्री तथा अपाङ्गमैत्री रहेको छ । कक्षा १ देखि ८ सम्मको पढाइ हुने सो विद्यालयमा १००० जना विद्यार्थी रहेका छन् ।
सोही श्री माध्यमिक बिधालय जटहरामा २ कोठे भवनको अजै नगर प्रमुख संतोष कुमार मेहताले शिलान्यास गर्नु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here