रौतहटको ईशनाथ नगरपालिकामा नेपाली कांग्रेसलाई ठूलो धक्का लागेको छ। कांग्रेस छाडेर आज एक वाडा कार्यक्रमका ठूलो संख्यामा नेकपा एकीकृत समाजवादीमा सयौं जना प्रवेश गरेका छन्।

जिल्लाको ईशनाथ नगरपालिकास्थित वाडा कमिटीको आयोजनामा १०० औं भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसबाट नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको नेपाल कम्युनिस्ट एकीकृत समाजवादीका जिल्ला समिति अध्यक्ष नितेस मिश्राले जानकारी दिए।

पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसका क्रियासल सदस्य तथा युवा नेता जियाल मनसी, स्थानीय नेता कार्यकर्ता बुद्धिजीवि रहेका थियो । ईशनाथ नगरपालिका- ८ मनसरीमा आयोजित एक समारोहका बीच पार्टी प्रवेस गराइएको ईशनाथ नगरपालिकाका वाड समिति अध्यक्ष ईमरानले बताए।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री डा.वनसीधर मिश्राको प्रमुख आथित्यतामा पार्टी प्रवेस कार्यक्रम भएको हो। कार्यक्रममा नेकपा एकीकृत समाजवादी का जिल्ला कमिटी अध्यक्ष नितेस मिश्रा प्रदेश सदस्य गुलाम सरवर,रौसन झा , दिलिप साह ,गरूडा नगरपालिकाका नगर प्रमुख प्रत्यासी सेख कलिमुल्लाह ,जिल्ला कमिटी सदस्य रामसवरूप सिंहा, लगायतको उपस्थिति रहेको थियो।

ईशनाथ नगरपालिकाको एउटा मात्र स्थानीय तहमा नेकपा एकीकृत समाजवादीले एकताको सम्पूर्ण प्रक्रिया टुङ्गाएको छ। नेकपा एकीकृत समाजवादी रौतहटले देशकै चर्चित जिल्ला अध्यक्ष पाएसँगै पार्टीको संगाठनात्मक गतिविधिलाई तीब्रता दिएको हो ।

नेपाली कांग्रेसका मधेस प्रदेश सभापति क्रष्णा यादवले एकलौटी ढंग बाट पार्टी संचालन तथा टिकट वितरण गर्ने काम राखेको हुन्नाले नेपाली कांग्रेस प्रत्याग गर्ने हरूको संख्या हवात्यै बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here