स्थानीय तहको निर्वाचनको मिति दिन प्रतिदिन नजिकिँदै गएको छ । निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलमा उम्मेदवारी चयनको विषय सकस नै बन्दै गइरहेको अवस्थामा यमुनामाई गाउपालिकामा कुन पार्टीबाट कस कसले टिकट पाउला भनेर चोक, चौतारामा बहस नै चलिरहेको हुन्छ।
यसैबीच यमुनामाई गाउपालिकामा अन्य पार्टीमा उम्मेदवारको खडेरी परेको अवस्थामा जनता समाजवादी उमेद्वार बन्ने आकांक्षी हरुको भीडमा युवा नेता एवम् सफल व्यवसायी उपेन्द्र यादवले गाउपालिका अध्यक्षमा आफ्नो उम्मेदवारी दाबी गरेका छन् ।
युवा नेता समेत रहेका यादव यमुनामाई गाउँपालिकामा चर्चित समाजसेवी युवाको रूपले चिनिन्छन् । उनी हाडवेयर व्यवसायिक रहेकन हुन् । खेलकुद,राजनीति,समाजसेवा र व्यवसायमा समेत अब्बल मानिने युवामाझ लोकप्रिय उनी जनता समाजवादीको तर्फबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा यमुनामाई गाउपालिकामा लोकप्रिय आकांक्षी र सर्वाधिक जनमत प्राप्त संभावित उम्मेदवार रहेका छ ।
नेता उपेन्द्र यादव स्वच्छ छवि भएका लोकप्रिय र अन्य कम्युनिस्ट पार्टीका कार्यकर्ताको समेत रोजाइमा पर्ने व्यक्ति मानिन्छन् । जनता समाजवादी पार्टीमा सक्रिय राजनीतिमा लागेका उनी ७२ सालको व्यवस्था विरुद्धको आन्दोलन बाट राजनीतिमा प्रभावित भई राजनीतिमा सक्रिय रहेका छन्। उनी जनता समाजवादीको हरेक कार्यक्रममा सहभागी हुने मध्येका एक मानिन्छन् ।
आफ्नो जीवनमा निकै संघर्ष गर्दै आएका उनी अहिले एक सफल व्यवसायी समेत भएर हजारौं हजार युवाका प्रेरणाका स्रोत समेत रहेका छन्। उनी मधेस आन्दोलन को आन्दोलनमा अग्र भागमा जनता समाजवादीको झण्डा बोकेर उभिदै रौतहटको चोकमा मधेसीको हक अधिकार को लागि उत्रिएका थिए। व्यवसाय सँगै राजनीतिमा समेत क्रियाशील रहेका उनी भन्छन । नेता यादवको दावेदारी कायम रहे र उनले जनता समाजवादीको उम्मेदवार बन्न आधिकारिक टिकट पाउँदा अन्य पार्टीहरू समेत हलचल मच्चिने हुँदा उनको पल्ला भारी हुने अधिकांस जनता समाजवादीको बुझाइ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here