मो. मोजिबुल्लाह रौतहट २४ चैत्र स्थानिय तहको निर्वाचन नजिकिदै जाँदा गुह जिल्लाको भ्रमणमा रहेका पूर्व प्रधानमन्त्रि तथा नेकपा एकिकृत समाजवादिका अध्यक्ष माधव कुमार नेपालले गौर नगरपालिकाको विकासको अवस्था हेर्दा अत्यन्तै दैनिय रहेको बताएका छन् । रौतहटको क्षेत्र नम्बर १ बाट निर्वाचन लडदै आएका नेता नेपालले गौर नगरपालिकामा आफुले पहल गरेको शहरी विकासका योजनाहरु बाहेक कुनै किसिमको थप कार्य नभएको बताएका छन् ।

स्थानिय तहको निर्वाचन सम्बन्धमा नेता तथा कार्यकर्ताहरु लाई थप निर्देशन तथा सुझाव दिन गृह जिल्ला आएका नेता नेपालले गौर नगरपालिका जिल्ला कै सबै भन्दा जेठो नगरपालिका रहेको तर अहिले हेर्दा सबै भन्दा कान्छो जस्तै अनुभुति हुने गरेकोले जनप्रतिनिधिहरु आ–आफ्नै स्र्वाथ सिद्ध गर्ने तर्फ केन्द्रित भएको आरोप लगाएका छन् ।

विभिन्न सम्भावनाहरुले भरिएको यस नगरपालिकालाई देश कै नमुना नगरपालिकाको रुपमा विकसित गर्न सकिने भन्दै सो तर्फ निर्वाचित जनप्रतिनिधिहरु केन्द्रित नभई बजेटको भागबण्डामै सिमित भएको उनको भनाई रहेको छ । आफुले पटक पटक गौर नगरपालिकाको विकासको लागी सकारात्मक प्रयास गरेपनि प्रतिकुल राजनितिक माहौलका कारण खासै काम हुन नसकेको उनको धारणा रहेको छ । ठुलो आशाका साथ शहरी विकासको परियोजना गौरमा ल्याईए पनि यहाँका जनप्रतिनिधिहरु मापदण्ड अनुसारको काम गराउन नसकेको पूर्व प्रधानमन्त्रि नेपालले बताए ।

बैशाख ३० मा हुन लागेको स्थानिय तहको निर्वाचन स्वतन्त्र वातावरणमा हुने कुरामा आफु विस्वश्त रहेको भन्दै सो निर्वाचनबाट नेकपा एकिकृत समाजवादिका उम्मेदवारलाई निर्वाचित गराउन नेता नेपालले आग्रह गरेका छन् । गौर नगरपालिकाको समग्र विकासका लागी अब परिर्वतन एक मात्र सम्भावना रहेकोले भ्रष्टचारी प्रवृतिका उम्मेदवारलाई बढावा नदिन नेता नेपालले सम्पूर्ण नगरबासी संग अनुरोध समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here