रौतहट २९ चैत्र । संघियता पश्चात भएको स्थानिय तहको पहिलो निर्वाचनमा उम्मेदवार भएका करिब सबै उम्मेदवारहरुले गौर राईस मिललाई नै प्रमुख एजेण्डाको रुपमा अगाडि सार्दै निर्वाचनमा भाग लिए पनि निर्वाचित जनप्रतिनिधिहरुले गौर नगरपालिकाका आम नागरिक र रौतहट जिल्लाका खेल प्रेमी समुदायको भावना संग खेलवाड गरेको युवा नेता शम्भु साहले आरोप लगाएका छन् । गौर नगरपालिकामा निर्वाचित भई सकेपछि नगर प्रमुखले आफ्नो कार्यकालको पहिलो प्राथमिकतामा गौर राईसमिल अधिग्रहणको कामलाई अगाडि सार्नु पर्ने भएपनि नगर प्रमुखको ध्यान आसेपासे मै केन्द्रित रहेको साहको आरोप रहेको छ । गौर नगरपालिकाको विभिन्न वडामा कार्यकर्ता तथा स्थानियहरु संगको भेटघाटको क्रममा नेता साहले भने “स्थानिय तहका जनप्रतिनिधिलाई दिईएको अधिकारलाई कडाईका साथ प्रयोग गरिएको भए गौर राईसमिल अधिग्रहण हुनुको साथै एक सुन्दर खेल मैदानको रुपमा परिणत भई सकेको हुन्थ्यो तर नगरबासीको दुर्भाग्यको हो कि जनप्रतिनिधिले जनताको भावना अनुरुप शतप्रतिशत नतिजा दिन सकेन्न” । भुमाफियाले राईसमिल बिक्रीमा सघाउन नगरप्रमुख अजय गुप्ता सहितको टिम संग १ करोड १० लाखमा सहमति नै भएको र सो मध्ये ८२ लाख रुपैया समेत बुझाईएको तथा सो ८२ लाख मध्ये नगरप्रमुख अजय गुप्ताका दाई राजेश गुप्तालाई सिया पैलेशमा २० लाख बुझाएको पत्रकार सम्मेलनबाट भुमाफिया विजय यादवले आरोप लगाउदै सार्वजनिक गर्दा समेत भुमाफियालाई कुनै कानुनी उपचार नहुनुले पनि नगरप्रमुखको नियत माथि प्रश्नबाचक चिन्ह खडा गरेको हो । भुमाफिया द्धारा गरिएको सो पत्रकार सम्मेलनको भिडियो अहिले पनि युटयूवका विभिन्न चैनलमा रहेको भन्दै गौर नगरबासीका लागी गौर राईसमिल गाँस,बाँस,कपास जस्तै आवश्यक पूर्वाधार मध्ये एक रहेको भन्दै गौर राईस मिल अधिग्रहणका लागी गौर नगरपालिकाले छुट्याएको रकम समेत जनप्रतिनिधिहरुको भागबन्डामा तालिम गोष्ठीको नाममा सिधयाईएको साहको आरोप रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here