२०७९ बैशाख ३ ।। नवलपरासी पस्चिममा सुभान अलि अन्सारीको बढ्दो लोकपि्रयता तथा प्रभावले तर्सिए एमालेका गाउपालिका उम्मेदवारका आकन्छी सुखाडी थारु, षड्यन्त्र रच्न थालेका छन ।

नवलपरासीको राजनीतिमा सुभान अलि अन्सारी एउटा समाजसेवी तथा चर्चित नेता र नामले चिनिन्छ । राजनीतिक र समाजसेवीको नामले चिनिने अन्सारी राजनीतिका खरो खेलाडी मानिन्छन | २०४७ साल देखिनै राजनीतिमा सक्रिय अन्सारी लामो समयदेखि मधेश केन्द्रित दलहरुको केन्द्रिय सदस्य रहदै आएका छन । बैसाख ३० गते हुने स्थानीय तहको चुनावमा उनी सरावल गाउपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका कारण अन्सारी माथि जातीय प्रोप्गान्डा रचिएका छन् । समाजका हरेक सबै बर्गमा बलियो पकड भएका अन्सारीको मुस्लिम र दलित बर्गमा झनै बलियो पकड भएका नेताका रुपमा चिनिन्छन । आउदो ३० गते स्थानीय निकायको चुनावमा जीत्ने लगभग पक्का रहेको अन्सारी बिरुद्द एमालेका तर्फबाट सोहि गाउपालिकाका अध्यक्ष पदका आकन्छी सुखाडी थारु अब हारने डरले षडयन्त्रको जाल झेलको प्रोप्गन्डा रचिरहेका छन् । सुखाडी थारु दलबदलु, धेरै राजनीतिक अनुभव नभएको तथा समाजमा धेरै योगदान नभएको उम्मेदवारका रुपमा चिनिन थालेका छन् । घटना २०७८ -१२-२९ गतेको हो । सरावल – ६ बस्ने निर्मल प्रसाद चमारले मिस्त्रीको रुपमा घर निर्माण गर्ने क्रममा सुनुयोजित योजना अनुसार अन्सारीको जग्गालाई मिचेर निर्माण कार्य गर्ने प्रयास गरेका थिए ।आफ्नो जग्गा मिचेको देखेर अन्सारीले जग्गा नमिच्न अग्रह गरेका थिए तर निर्मलले असब्द भासा प्रयोग गर्दै अनेरास्ववियुका युवाहरु बोलाएर घरनै कब्जा गर्दिन्छु भन्ने धम्की दिनथाले । स्मरण रहोस निर्मलका छोरा पनि अनेरास्ववियु सरावालका सदस्य हुन् । निर्मल राजनीतिक रुपमा परिचालित छन् भन्ने कुरा बुझेर अन्सारी त्यहाबाट केही प्रतिक्रिया नदिकन फर्किएका थिए । तत्पस्चात सुखाडी थरुको निर्देशनमा एउटा फर्जी निबेदन को भरमा बिना कुनै अनुसन्धान अन्सारीले दलितलाई अपशब्द प्रयोग गरेको र मार्ने धम्की दिएको झुठो खबर सामाजिक संजाल र केही एमाले निकटले अनलाइनमा खबरहरु छापेर भ्रम फैलाउने र राजनीतिक लाभ लिने काम गरिरहेको सरावल गाउपालिकाकै दलित समुदायका अगुवाहरुले राजनीतिक फाइदाको लागी जातीय उन्माद फैलाएदै भन्दै सुखाडी थारुको भत्सना गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here