मो. मोजिबुल्लाह बैशाख १० रौतहट जिल्लाको परोहा नगरपालिकामा मेयरमा नेपाली काँग्रेसको मेयर शेष वकिलको चर्चा चुलिएको छ । उनी काँग्रेस पार्टी बाट नै गत वर्ष २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर पदमा निर्वाचन भएका थिए ।
स्थानीय तहको निर्वाचन नजिकिए सँगै परोहा नगरपालिकाको टोल(टोल र घर(घरमा मेयर शेष वकिलको चर्चा हुन थालेको छ । उनले आफनो कार्यकालमा गरेको कामहरूको मूल्यांकनको आधारमा जनाधार बढ्दै गएको देखिन्छ ।
मेयरमा दोस्रो पटक नेपाली काँग्रेस पार्टी बाट आफूले जितेर देखाउने मेयर शेष वकिलले बताएका छन् । राजनीति बाट नै अगामी कार्यकालमा समाज परिवर्तन र तिव्र विकासका लागि आफू चुनावी मैदानमा पुनः होमिएको उनले बताएका छन् ।
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । जिल्लाको दक्षिणी भेग परोहा नगरपालिकाको टोल टोलमा मेयर वकिल चुनावी तयारी गरिरहेका छन् ।
निर्वाचनको मिति नजिकिएसँगै मेयर वकिलले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । उनले आफ्नो पक्षमा मत तान्न गाउ गाउ पुगीरहेका छन् । मतदाता रिझाउनका लागि उनी गाउ गाउ पुग्ने गरेका छन् ।

कांग्रेसले निर्वाचन केन्द्रित भएर गाउगाउमा चुनावी अभियान सञ्चालन गरिरहेको छ । स्थानीय निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि उनले प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियान सञ्चालन गरिएको छ। देशका ठूला परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएको र अब विकासको श्रृखंला पनि नेपाली कांग्रेसकै नेतृत्वमा जोड्नुपर्ने भएकाले अभियान सञ्चालन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here