रौतहट ।। प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसाउद आलम खाँले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।डीआईजी मसाउद आलम खाँ केही दिनअघि मात्रै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका थिए । तत्कालिन मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी उमेश रन्जितकारको सरुवा गरेर उनको ठाउँमा मसाउद आलम खाँलाई पदस्थापन गरिएको थियो । डीआईजी मसाउद आलम खाँले जनकपुर पुगेर सोमबारदेखि नै प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् । डीआईजी मसाउद आलम खाँलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here