बैशाख १३ गते, रौतहट ।। आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका रौतहटका उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन् ।
गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन उम्मेदवार घरदैलो अभियान सुरु गरेका हुन् ।
आइतबार र सोमवार मनोनयन दर्ता गरेका दलका उम्मेदवारहरु मंगलवारदेखि भोट माग्दै जनताका घरदैलोमा पुग्न थालेका छन् ।
राजनीतिक दलका उम्मेदवारहरु आ आफना एजेण्डा लिएर जनताको घरदैलामा जान शुरु गरेका छन् ।
विभिन्न दलका उम्मेदवार अहिले आफ्नो पार्टीको घोषणापत्र र कार्यसूची बोकेर मतदाताका घर–घरमा पुग्न थालेका छन् भने कोही अझ पुग्ने तयारीमा लागेका छन् भने स्वतन्त्र उम्मेदवार आफ्नो व्यक्तिगत एजेण्डा सुनाउँदै मतदातासँग मत माग्न थालेका छन् ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय सकिएपछि रौतहटमा विभिन्न राजनीतिक दलले आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रहरुमा केन्द्रित गर्न थालेका छन् ।
घरदैलोको क्रममा ईशनाथ नगरपालिकाको मेयरका लागि दोश्रो पटक उम्मेदवारी दिएका संतोष मेहताले आफनो साढे चार वर्षको कार्यकालमा गर्न बाँकी रहेका विकास निर्माणका कामहरु पुरा गर्न यसपटक फेरी मेयरमा उम्मेदवारी दिएको बताएका छन् ।
आफुले पदमा रहँदा स्वास्थ्य, शिक्षा, कृषि र भौतिक पुर्वाधार निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको वकिलले बताए ।
आफुले जनताको इच्छा आकांक्षा र चाहना अनुसारको काम गरेकोले आउँदो निर्वाचनमा फेरी ईशनाथको मेयरमा जनताहरु आफुलाई नै जिताउनेमा आफु विश्वस्त रहेको उनले बताए ।
विगत साढे चार वर्षमा विकासको नाममा नगरमा भएको आर्थिक अनियमिमततालाई रोकी समृद्ध र विकसित नगर बनाउन आफु मेयरमा उम्मेदवारी दिएको उहाँले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here