आज भइरहेको स्थानीय तह निर्वाचन अन्तर्गत मतदानको क्रममामधेश प्रदेशको विभिन्न मतदान केन्द्रमा राजनतीतिक दलका नेताकार्यकर्ताबीच झडप भएको छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले ठाउँ ठाउँमा गोली चलाएका छन् ।
सर्लाहीको धनकौल गाउँपालिका–२ स्थित पशु सेवा केन्द्र मतदान स्थलमा गोली चल्दा मतदाताको भागाभाग भएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद तथा झडप भएप भएको हो ।

स्थिाति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी हवाई फायर गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।
कार्यकर्ताहरुबीच ढुंगा हानाहान समेत भएको छ । विवाद भएको ठाउँमा स्थिती नियन्त्रणमा लिन नेपाली सेनाका सुरक्षाकर्मी समेत खटाईएको छ ।
यस्तै रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप भएको छ। लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा झडप भएको हो।

दुई पक्षबीच मतदानकै क्रममा विवाद भएपछि झडप भएको हो। झडप अझै नियन्त्रणमा आइसकेको छैन। झडपमा अहिलेसम्म १५ जनाको टाउको फुटेको बताइएको छ।

उक्त ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप बल पठाउँदै गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी गराएका छन्।
यस्तै महोत्तरीको बलबा नगरपालिका ५ स्थित महाबीर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको हो । मतदाता नामावलीमा नाम सम्बन्धि विवाद हुँदा प्रहरीले एक राउण्ड हवाई फायर गरेको महोत्तरीका एसपी कृष्ण प्रसाद पंगेनीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here