असार ४ ।। रौतहटमा खाना पकाउने क्रममा बिहानै सिलिन्डर पड्केर एकजनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्सा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक महिलाको मृत्यु भएको हो। सिलिन्डर पड्केर ७० वर्षीया जसोधिया देवीको मृत्यु भएको हो । खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएपछि महिलाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here