मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले रोमानियामा नेपाली विद्यार्थीलाई छात्रवृत्तिको पहल गर्नुभएको छ ।

अध्यक्ष अन्सारीले रोमानिया भ्रमणको क्रममा त्यहाँको लासीस्थित टेक्निकल विश्वविद्यालय भ्रमण गरी छात्रवृत्तिको पहल गर्नुभएको हो । यसअघि नेपाल आएको विश्वविद्यालयका पदाधिकारीसँग अध्यक्ष अन्सारीले दुई देशबीच विद्यार्थी आदान प्रदान, छात्रवृत्ति र पर्यटन प्रवर्द्धनबारे पनि छलफल गर्नुभएको थियो ।

विद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका उपकुलपति प्रो. इरिना लुंग्बु, डिन डा. इग डोरियन लगायतका पदाधिकारीसँगको भेटमा अध्यक्ष अन्सारीले नेपाली विद्यार्थीलाई छात्रवृत्ति सहयोग गर्नेबारे कुरा गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here