रौतहट, १५ असार । आफूलाई घुमुवा प्रहरी भनेर यात्रुबाहक बसबाट अबैध रुपमा रकम असुल गर्ने एकजनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्वर ९ सिन्धुरेघारी का लिलाबहादुर बस्नेतको ३२ बर्षिय छोरा सुमन बस्नेतलाई पक्राउ गरको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
पक्राउ परेका बस्नेतले चन्द्रपुर स्थित तिवारी होटल र सम्झना होटल लगायत गौर चन्द्रनिगाहपुर सडक खण्डमा चल्ने यात्रुबाहक बसलाई रोकेर म घुमुवा प्रहरी हो भन्दै डर धाक देखाएर अबैध रकम असुल गरेर हैरान बनाउदै आएको सुचना पाउना साथ इलका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले निजलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका बस्नेतलाई जिल्ला प्रशासन कार्यालय गौरमा अभद्र शिर्षकको मुद्दामा ६ दिनको म्याद थप गरेर आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here