असार १६ ।। काठमाडौँ बाट रौतहट आउँदै गरेको बस पल्टिदा दुर्घटनामा परेका छन । दुर्घटनामा परेर बसमा सवार ३१ जना यात्री घाइते भएका हुन । काठमाडौं बाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ मा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ भने अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको सुचना प्रापत भएका हुन । खाल्डाखुल्डीका कारण बस सडकमै पल्टिएको हुनसक्ने प्रहरीको अनुमान रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here