पवन प्रसाद साह वीरगंज, पर्सा राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रिय कार्य समिति क्षेत्र नं १ पर्सा ध्दारा बिरोध कार्यक्रम सम्पन्न । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति को निर्णय अनुसार बढदो महगी,किसान लाइ मलको समस्या, बेरोजगार भरष्टचार र बेथितिको बिरोधमा वीरगंज स्थित घण्टाघर चौकबाट निस्केको बिरोध र्याली माइस्थान,महाबिरस्थान,आदर्शनगर हुदै गिरिनसिटी, घडिअर्वा हुदै पुनं घण्टाघर चौकमा कोणसभा मा परिणत भएको थियो। साथै कोणसभा लाइ सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का पुर्ब केन्द्रीय सदस्य बाबुलाल शर्मा ले हाम्रो देस मा ८० प्रतिशत धान रोपाइ भैसकेको छ तर सरकारले कृष्कलाइ समयमा मल उपलब्ध नगराएको कस्तो बिडम्बना को कुरा भएको बताएका थिए।

त्यसै क्रममा वीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फ ले २२ बुदे ज्ञापनपत्र बुझाएको कतिदिन बिति सकदा पनि जिल्ला प्रसासन कार्यालय लगायत सममानिय प्रधानमन्त्री ले हाम्रो माग प्रति किन उदासिन देखाउनु भएको छ त्यो कार्यान्वयन गराउन को लागि जोडदार माग गरेका थिए।

पार्टी का संस्थापक सदस्य तथा पार्टी का पुर्ब केन्द्रीय सदस्य रामबहादुर थापा ले हाम्रो पार्टी ले २२ बुदे ज्ञापनपत्र बुझाएको संदर्भमा कार्यक्रम रहेको हुनाले उत्क आन्दोलन मा जनता लाइ लाग्न आग्रह गरेका थिए।

पार्टी का पुर्ब केन्द्रीय सदस्य तथा जिबिस पर्सा का पुर्ब सभापति शम्भु प्रसाद चौरसिया ले हाम्रो देसमा लोकतन्त्र र गणतन्त्र भएको कति बर्ष भयो कृषकको लागी मलखाद को कारखाना स्थापना गराउन नसकेको बताए का थिए।

बिरोध तथा कोणसभा कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रिय कार्य समिति क्षेत्र नं १ का क्षेत्रिय अध्यक्ष अर्जुन बहादुर सिंह ठकुरी को अध्यक्षमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा संगठन प्रमुख तथा निर्वाचन क्षेत्र नं १ का वरिष्ठ उपाध्यक्ष बिनय कुमार झा, पार्टी का पुर्ब केन्द्रीय सदस्य रामबहादुर थापा, पुर्ब केन्द्रीय सदस्य शम्भु प्रसाद चौरसिया, प्रदेस सदस्य शान्ति देबि खडका पार्टी का पर्सा जिल्ला प्रवक्ता शम्भु घिमिरे, पार्टी जिल्ला सचिव पवन प्रसाद साह, वीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फ, राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन का पर्सा अध्यक्ष राजाबाबु प्रसाद चौरसिया, पार्टी उपाध्यक्ष राजेस कुमार गुप्ता, क्षेत्र नं १ को( क) को प्रदेस अध्यक्ष बिजय कुमार पासवान,(ख) को अध्यक्ष दिपनारायण यादव, पार्टी का जिल्ला सदस्य, उदित सहनी, पार्टी का बारा जिल्ला‌ सदस्य मनिस चौरसिया लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here