भोजपुरमा भूकम्पबाट घरहरु भत्किएका छन् । भोजपुरको टक्सारमा रहेको इट्टाको दुई घरमा क्षति पुगेको छ । मानविय क्षति भने भएको छै्न । भूकम्पबाट कहाँ कहाँ क्षति भयो भन्ने बारे थप विवरण आउन बाँकी नै छ ।
आज विहान (आइतबार) खोटाङ केन्द्रबिन्दु भएर खोटाङ केन्द्रबिन्दु भएर शक्तिशालि भुकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ६ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि गरेको छ ।

‘खोटाङको मार्तिम बिर्ता ​ केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्‍निच्यूडको भूकम्प मापन भएको हो । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here