नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले आउँदो निर्वाचनमा पाँच दलीय गठबन्धनसँग तालमेल गरेर निर्वाचनमा जाने केन्द्रीय निर्णय स्वागतयोग्य रहेको बताएका छ्न्।

आइतबार रौतहट क्षेत्र नं १ को क्षेत्रीय कार्य समितिद्वारा आयोजित नेताकार्यकर्ता भेला कार्यक्रममा बोल्दै सभापति यादवले यस्तो बताएका हुन्।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सभापति यादवले पाँच दलीय गठबन्धनसँग तालमेल गरेर प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचन गर्ने निर्णयलाई कांग्रेस पार्टीका सबै कार्यकर्ताले मान्नु पर्ने बताए।

उनले राजनीति निकासका लागि अहिले वर्तमान परस्थिति सामना गर्न नेताकार्यकर्तालाई आफ्ना वडा गाउँ नगरमा दिनरात मेहनत गरि जनताको दु:ख सुखमा उभिएर काम गर्न निर्देशनसमेत दिएका छन्।

आइतबार सम्पन्न क्षेत्रीय नेताकार्यकर्ता भेलाका विशिष्ट अतिथि नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति जितेन्द्र यादवले यसपाली रौतहटका चारवटै क्षेत्रमा कांग्रेसले चुनाव जित्न सबै एक जुट भएर लाग्नुपर्ने बताए।

सो कार्यक्रम क्षेत्रीय कार्यसमितिका सभापति श्री राम यादवको सभापतित्वमा सञ्चालन भएको थियो। कार्यक्रममा मेयर, नगर सभापति, वडा सभापति र नेताकार्यकर्ताहरूको उपस्थिति रहेको मधेस प्रदेश सूचना सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ता जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here