रौतहटको सीमावर्ती क्षेत्रमा दुई प्रहरी संगठनकै ‘सेटिङ’ मा तस्करी मौलाएको छ। बन्जहराबाट राजेश्वर छली गरि सामान भित्रिनेदेखि बन्जहरा क्षेत्रको नाकाबाट प्याज, कपडा, कुखुरा,राङा मोर्टरपार्टस्, हार्डवेयरका सामानहरू तस्करी हुने गरेका छन्।

प्रहरीले नियन्त्रणको सट्टा ‘मासिक असुली’ गरेर तस्करीमा छुट दिने गरेको छ। केही दिन अगाडि मात्रै बन्जहराबाट भित्रिएका लाखौं मूल्य बराबरका अबैध समान ।
रौतहटको सीमा क्षेत्रमा खटिएका जनपद र सशस्त्र प्रहरीले नै तस्करीमा सेटिङ मिलाएपछि तस्करी मौलाएको हो । यी दुई प्रहरीबीच कसले कमाउने भन्ने ‘धन्दा’ नै चलेको छ स्थानीयहरूको गुनासो रहेको छ ।

प्रहरी चौकी बन्जहराका इन्चार्जको नेतृत्वमा एकजना प्रहरीलाई सेटिङ मिलाउन खटाइएको छ’, एक प्रहरी अधिकृतले भने । एक प्रहरी उनका खास घुमुवा रहेको प्रहरीहरू नै बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here