रौतहट क्षेत्र नम्बर २ गठबन्धनका साझा उम्मेदवार को पक्षमा जनलहर देखिएको छ। क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार डा.मो.फिरदोस आलमको पक्षमा जनलहर देखिएको छ । बुधबार परोहा नगरपालिका वडा नम्बर १/२ जिङड्वा वेलबिछवा मा भएको घरदैलो तथा प्रचार प्रसार कार्यक्रममा गठबन्धनको उम्मेदवार हरुको पक्षमा जनलहर देखिएको छ। उम्मेदवार डा. फिरदोस आलम मत माग्दै जिङडवा बेलबिछवाको विभिन्न घर घरमा पुगेका हुन। जिङडवा बेलविछवाका जनताले उत्साह हुदै डा.फिरदोस आलम उम्मेदवार लाई आर्शिवाद सहित बिजयीको शुभकामना दिएका छन् । डा.फिरदोस आलम उम्मेदवारले जनताको समस्या बारेमा पनि बुझदै हिडेका छन् ।
निर्वाचन आचारसंहिताअनुसार १७ गतेदेखि मंसिर १ सम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने भएपछि घर दैलो र चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छन ।