रौतहट प्रहरीेले भन्सार छली गरेर नेपाल ल्याइएको लाखौँको चिनी बरामद गरेको छ ।

जिल्लाको ईशनाथ नगरपालिका–४ रामटोल स्थित लिएर भारतबाट नेपालतर्फ भन्सार छली गरेर ल्याइएका वेवारिसे अवस्थामा रहेको ६ लाख ९८ हजार रुपैयाँ बराबरको चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीले भन्सार छली गरेर नेपाल ल्याइएको चिनी, Dap पासर मल लगायतको खाद्यपदार्थ बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी डिएसपी सुनिल मल्लले जानकारी दिए ।

बरामद गरिएका चिनी आवश्यक कारवाहीका लागि रौतहटको गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here