रौतहटमा इँटा उद्योगमा अलपत्रमा रहेका ३८ भारतीयलाई रौतहट प्रहरीले उद्धार गरेका छन । रौतहटको परोहा नगरपालिका वाड नम्बर ४ मा रहेको अमन इँटा उद्योगमा अलपत्र अवस्थामा रहेका भारतको उत्तर प्रदेशका ३८ जनालाई रौतहट प्रहरीले बुधबार राति उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले जानकारी दिएका छन ।  उद्धार गरिएका ३८ मध्ये १८ जना महिला रहेका छन । इँटा उद्योगमा तिन दर्जन भन्दा बढी भारतीय राज्यका कामदारले अलपत्र परिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता डीएसपी सुनिल मल्लले जनाएको छ। बुधबार राति उद्धार गरिएका भारतीयहरुलाई बिहीबार भारत बिहारको सीतामढी जिल्लाको बैरगनियामा रहेको एसएसबिलाई जिम्मा लगाइएको छ ।  उद्धार गरिएका भारतीयहरु उत्तर प्रदेशको समत अलियारपुर जिल्लाका बासिन्दा रहेका हुन । भारतको उत्तर प्रदेशका विभिन्न जिल्लाबाट रौतहटका इँटा उद्योगमा सयौँ महिला पुरुष कार्यरत रहने गरेका छन । इँटा उद्योग संचालन हुने समय आउँदा भारतीय मजदुरहरु रौतहटका विभिन्न इँटा उद्योगमा आउन थालेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here