रौतहट, २७ कार्तिक । देशमा एकै साथ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन गईरहेको छ । यसमा धेरै जसो निर्वाचित पुरानो उम्मेदवारहरु आफनो उम्मेदवारी दिएर त्यही पुरानो चुनावी प्रतिब्द्धता लिएर जनताको माझ आफनो पक्षमा मतदान गर्न पुरानै विकासे कुरालाई दोहोरियाउदै मतदान गर्न घरदैलो व्यस्त देखिन्छ । केही यसपालिका नयाँ अनुहार पनि प्रतिनिधिसभा र प्रदेशसभाको पदमा उम्मेदवारको रुपमा देख्न पाईरहेको छ ।
चुनावको बेला जनता रिझाउन र आफनो पक्षकमा मत खसाल्न विभिन्न प्रतिब्द्धता गरेर गएपनि निर्वाचित भएर एक पल्ट त्यो गरिब, दलित, मजदूर, बिधार्थी र युवाको बिच आउन नसक्नेहरुको कुनै कुरामा नलागी समाज एवं क्षेत्र समृद्ध बनाउनको निमित परिवर्तन लागि आफुलाई मतदान गर्न नेकपा एकीकृत समाजवादीको तर्फबाट रौतहट क्षेत्र नम्बर २ मा प्रदेशसभा (ख) का प्रदेशसभा सदस्य पदको उम्मेदवार ई.कनिश कुमार पटेलले घरदैलो गर्दै मतदातासँग आग्रह गरेका छन ।

देवाही गोनाही नगरपालिकाको वडा नं ४ देवाही टोलमा आयोजित चुनावी घरदैलो गर्दै ई.पटेलले बिगतमा जिताएका नेताले क्षेत्रबासीसँग गरेको चुनावी प्रतिस्पर्धामा उत्रिएर काम गर्न नसक्दा आफु बाध्य भएर यो क्षेत्रको स्वास्थ्य, कृषि, भौतिक संरचना, बिधुतीकरण, शिक्षा लगायतको दर्जनौ योजनाको अतिआवश्यक देखिएकोले निरासा भएका मतदाताले पुरानो व्यक्तिहरुलाई हेरिसेको छ यसपालि एक पटक मलाई बिश्वास गर्नुपर्ने उनले बताए । उनले आफु निर्वाचित भएपाछी जनताको आपेक्षा भन्दा बढी काम गरेर देखाउने ई. पटेलले दाबी गरे ।
यसैबीच प्रदेशसभा सदस्य उम्मेदवार ई.पटेलले रौतहट क्षेत्र नं २ प्रदेशसभा (ख) मा अन्तर्गत पर्ने परोहा, बौधिमाई र देवाही गोनाही नगपरपालिको बिभिन्न वडामा चुनावी घरदैलो कार्यक्रम गरि प्रत्येक जनतासँग परिवर्तनको लागि एकमत मलाई दिन आग्रह गरेको एक जना नेकपा एसका नेताले जानकारी गराए । धेरै गरिब बस्तमिा चुनावको बेलामा मात्र नेताहरु आउने गर्छन तर तपाई युवा हुनुहुन्छ तपाईबाट केही परिवर्तन हुने आशा देखेको घरदैलोको क्रममा मतदाताले खुलेर आफनो जिज्ञासा प्रक्ट गरेको बताउछन ।

देशमा नै नयाँ जोश जाँगर, अनुभबी र युवा उम्मेदवार जनताले रुचाउन थालेकोले रौतहट क्षेत्र नम्बर २ को ( ख ) मा पनि यसको प्रभाव परेको हुदा ई.कनिश पटेलप्रति बृद्ध देखि युवा वर्गहरुको रुझान धेरै बढेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here