रौतहटको क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार राजकिशोर यादवले सुशासन र समृद्धिका लागि आफ्नो जित अपरिहार्य भएको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय युवाहरुले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै यादवले आफुले जिते मात्रै रौतहटको क्षेत्र नम्बर १ मा सुशासन र समृद्ध आउने तर्क गरेका छन् ।

नेकपा एमाले पार्टीबाट सुर्य चिन्ह सहित प्रतिस्पर्धामा होमिएका यादवले आफु नै यस क्षेत्रको योग्य उम्मेदवार भएको बताए । भ्रष्टाचार र बेतिथी विरुद्धमा आफ्नो उम्मेदवारी भएको बताउँदै उनले विगतको निर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य र भ्रष्टाचारमा चुर्लुम्ब डुबेका ठेकेदार उम्मेदवारको कार्यदेखि जनता असन्तुष्ट रहेका कारण जनताहरुको मत आफुले पाउने विश्वास व्यक्त गरेका छन् ।

सो अवसरमा युवा, महिलादेखि बृद्धहरुले यादवलाई समर्थन जनाउँदै उनलाई नै मत दिने प्रतिक्रिया दिएका छन् । चुनावी सभामा त्याहाँका स्थानीय, समाजसेवी एवम् बुद्धिजिवीहरुको उल्लेख्य उपस्थ्तिी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here