रौतहट, २७ कार्तिक । रौतहट प्रतिनिधिसभा क्षेत्र नं २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार डा. फिरदोस आलमले आफू जनताको मन माया र चाहनाअनुसार चुनावमा होमिएको बताएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका आलम पूर्वमन्त्री तथा काँग्रेस नेता अफताव आलमका छोरा हुन् ।

उनले आफ्नो बुवालाई फसाइएको र जनताले त्यसको जवाफ आफूलाई जिताएर दिने दाबी गरे ।

उनी भन्छन्, ‘षड्यन्त्रपूर्ण हिसाबले बुवालाई फसाइयो, जनताले मलाई जिताएर त्यसको जवाफ दिनेछन् ।’

उनले आफ्नो बुवालाई फसाउन स्थानीय नेताको पनि संलग्नता रहेको दाबी गरे । रौतहटमा अफताब आलम शक्तिशाली नभई जनता शक्तिशाली भएको बताउँदै फिरदोस भन्छन्, ‘तत्कालीन केपी ओली सरकारको षड्यन्त्रविरुद्ध जनताको शक्तिले स्थानीय तहका निर्वाचनमा भाइलाई जिताएर एउटा जवाफ आएको छ, जनताले नै मलाई प्रतिनिधिसभामा जिताएर अर्को जवाफ दिने विश्वास छ ।’

उनका भाइ डा. रजिक आलम स्थानीय तहको निर्वाचनमा राजपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । उनले बुवाको राजनीतिक विरासत जोगाउनभन्दा पनि लोकतन्त्रमा उम्मेदवारी दिने अधिकारअनुसार प्रतिस्पर्धामा उत्रिएको र कांग्रेसले आफूलाई विश्वास गरेको बताए । ‘मेरो हजुरबुवा शेख इद्रिसले जनताको मन जित्नुभयो, राजनीतिमा योगदान गर्नुभयो, बुवाले पनि योगदान गर्नुभयो’, फिरदोस भन्छन्, ‘म पनि मैदानमा उत्रिनु विरासत होइन, लोकतन्त्र र समाजसेवाको निरन्तरता हो भन्ने बुझ्नुपर्छ ।’

रौतहटमा काँग्रेसको जीवन नै अफताब आलमको योगदानसँग समर्पित भएकाले पनि आफूले टिकट पाएको र सोहीअनुसार जवाफ जनताले दिनेमा विश्वस्त रहेको उनले बताए ।

रौतहट क्षेत्र नं. २ मा आलम परिवारको ३० वर्षे राजनीतिक कार्यकालमा कुनै पनि कार्यको परिणाम नआएको र अब पनि आलमको सन्तान ले के दिन्छ ? भन्ने चौतर्फी टिका टिप्पणी र आलोचना भइरहेको स्थानीय बुद्धिजीवीहरुले बताएका छन् । तर यी कुराहरूमा सत्यता नरहेको उनले बताए ।

रौतहटमा नेपाली काँग्रेसलाई बलियो बनाउन राजपुर बासिन्दा स्वर्गीय शेख ईद्रशले शुरु गरी उनले बताए । शेख ईद्रशले आफ्नो जिल्लाका लागि शान्तिपूर्णरुपमा पहिचान बनाएको र यसैले आजको दिनमा रौतहटलाई नै देश र संसारमा चिनाउन सफल भएको उनले बताए । ३० वर्ष पहिला राजनैतिक कार्यकर्ताहरूको यति षड्यन्त्र थिएन,’ उनले भने, ‘जिल्लाको अनेकौँ गाउँहरूका मानिसहरू मानसम्मान गरे र उहाँलाई राजनीतिमा अघि बढाउँदै गएका थिए ।

अब समय अनुसार राजनीतिक दलहरू फेरबदल गर्नमा जुटे, तर नेपाली काँग्रेस बाहेक अरू दलहरूको परिणाम आएको छैन, त्यसैले आलम परिवारलाई राजनैतिक षड्यन्त्रमा झुक्याउन खोजिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here