२०७९/९/८ मो.मोजिबुल्लाह रौतहट । रौतहटको यमुनामाई गाउपालिकामा केहीदिन देखि गाउपालिकाको विभिन्न विद्यालयबाट आएका बालबालिकाले गापा अध्यक्ष सेख सउद उर्फ ईरसाद संग विद्यालय शिक्षामा भोग्नु परेको समस्या र आफ्ना जिज्ञासा व्यक्त गरेका थिए ।
गाउपालिका भित्र सञ्चालित माध्यामिक , आधारभूत र प्राथमिक तह सम्म सञ्चालनमा रहेका संस्थागत र सामुदायिक विद्यालयमा अध्ययन गर्ने धेरै भन्दा धेरै बढी विद्यार्थीले गापा अध्यक्ष सेख संग निशुल्क शिक्षाको कार्यान्वयन, विद्यालयको भौतिक अवस्था, अध्ययनको वातावरण बारे जानकारी मात्रै गराएनन् गापाको समग्र शैक्षिक अवस्था सुधारको लागि तपाईंको योजना के छ भन्ने प्रश्न गरे।
गाउपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा धेरै दिन देखि बिधालयको बालबालिका संग गापा अध्यक्षले प्र.अ को बारेमा अनुसन्धान गरेका थिए । धेरै जसो विद्यार्थीले प्र.अ हरूको गुनासो आफ्नो जिज्ञासा प्रत्यक्ष रुपमा गाउपालिका अध्यक्ष र उप अध्यक्ष समक्ष राखेका थिए।
यमुनामाई गाउपालिका मा रहेको माध्यमिक , आधारभूत प्रथमीक विद्यालयकाको शिक्षा सुधारका लागि धेरै जसो प्र.अ को हेरफेर गाउपालिका अध्यक्षले गरेको हो ।

विद्यार्थीको गुनासो सुनेपछि गापा अध्यक्षले सेख साउदले विद्यालयको चुहिने टिनको छानो तत्काल फेर्ने प्रतिबद्धता मात्रै गरेनन् सम्बन्धि शाखालाई आवश्यक निर्देशन दिए। गाउपालिकाको शिक्षा क्षेत्रमा विद्यार्थीहरुले भोग्नु परेको समस्या सामाधानको लागि गाउपालिकाको तर्फबाट आवश्यक पहल हुने भन्दै सेखले भने गाउपालिका मा विद्यालय सञ्चालनको लागि हाल घरधुरी अनुसार अनिवार्य रुपमा बर्षेनी रकम संकलन गर्ने कार्यको अन्त्य गर्ने विषयमा गाउपालिकाले आवश्यक निर्णय गर्ने बताए।
गाउपालिका अध्यक्ष सेखले गाउपालिकाको सबै विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई समान र गुणस्तरिय शिक्षा प्रदान गर्ने दायित्व गाउपालिकाको भएको भन्दै त्यसको लागि गाउिालिका अध्यक्षको रुपमा सो कार्यको नेतृत्व बहन गर्ने बताएका हो ।
गाउपालिका अध्यक्षले भने सामुदायिक विद्यालयका छात्रा विद्यार्थीहरुले सेनेटरी प्याडको गुणस्तरियता विषयमा गापा अध्यक्षको ध्यानाकर्षण गराएका थिए भने संस्थागत विद्यालयबाट सहभागी छात्राहरुले विद्यालयकै आधारमा गाउपालिकाले छात्रा विद्यार्थीलाई प्रदान गर्ने सेनेटरी प्याडबाट बञ्चीत बन्ने वातावरणको अन्त्य गर्न गाउपालिका समक्ष अनुरोध गरे।
छात्रा विद्यार्थीको गुनासो र चासोलाई सुनेर गाउपालिका अध्यक्ष सेखले सेनेटरी प्याडको गुणस्तरियताको विषयमा यस अगाडी प्राप्त गुनासोको आधारमा त्यस सम्बन्धमा आवश्यक निर्देशन सम्बन्धित शिक्षा शाखालाई दिएको बताए । उनले गाउपालिकाको विद्यार्थीहरुले प्राप्त गर्न सक्ने सुविधाको सन्दर्भमा विभेद नगर्ने भन्दै संस्थागत विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई समेत निशुल्क सेनेटरी प्याडको व्यवस्थापन गाउपालिकाबाट हुने गरी व्यवस्थापन भइरहेको बताए।
सहभागीले विद्यालय शिक्षा उमेरका सहपाठीले विद्यार्थीले विद्यालय छाड्ने समस्या देखि लागुऔषधको दुव्र्यसनि, बाल विवाह न्यूनिकरणमा गाउपालिकाको योजना, शिक्षकको दरबन्दी, निशुल्क शिक्षाको कार्यान्वयन बारे प्रश्नहरु गरे।

विद्यार्थीका सवालहरुको गुनासो सुनेर गाउपालिका अध्यक्ष सेख सउदले प्राथमिकताको आधारमा विद्यालय सुधार योजना निर्माण गरी समस्याहरुको सामाधान गर्दै जाने बताए । गाउपालिकाको पहिलो प्राथमिकता विद्यालयमा बालमैत्री र शिक्षण सिकाई मैत्री वातावरण निर्माण गर्नु भएको बताए । उनले तत्काल विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्थापन, फर्निचर सामाग्रीको व्यवस्थापन, आवश्यक कक्षा कोठाको सुनिश्चिता, शौचालय निर्माण, पुस्तकालय तथा प्रयोगशाला निर्माणका लागि गाउपालिकाले योजना सहित काम अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here