रौतहट १७ पुस । राैतहटकाे पिपरा भगवानपुरबाट आइतबार ९१ किलाे लागुऔषध गाँजा पक्राउ गरेकाे छ । आइतबार विहान रौतहटकाे राजपुर नगरपालिका वडा नं.१ पिपरा भगवानपुर स्थित पिपरा टोलमा गाडीमा अवैध लागुऔषध गाँजा छ भन्ने विशेष सूचनाका आधारमा साे स्थानमा खन्तालासी गर्दा साे परिमाणकाे गाजा नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय, रौतहट, गौरबाट प्रहरी टोली खटी गएका प्रहरीले साेही स्थानमा रोकी राखेको जेएच१०एक्स ४२१२ नम्बरको सेतो बलोरो गाडीमा खानतलासी गर्दा अन्दाजी ९१ कि.ग्रा.(१३ पोका) अवैध लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएकाे छ । सोही स्थानबाट अन्दाजी १० मिटर दक्षिण तर्फ बिआर ३० यु ०४७४ नम्बरको मोटरसाईकल समेत बेवारीसे अवस्थामा फेला परेकोले लागुऔषध गाँजा, लोड रहेको बलोरो र मोटरसाईकल समेत बरामद गरी जिल्ला प्रहरी कार्यालय मा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।