रौतहटको सीमावर्ती क्षेत्रमा दुई प्रहरी संगठनकै ‘सेटिङ’ मा तस्करी मौलाएको छ। ईशनाथ नगरपालिका जयनगर,नरकटिया , बंकुलबाट राजश्वर छली गरि सामान भित्रिनेदेखि बेलविक्ष्वा क्षेत्रको नाकाबाट तस्कर चतराले दिनको लाखौको कपडा, कुखुरा, मोर्टरपार्टस्,राजपुरको मुसतुफाले जुत्ता चपल हार्डवेयरका सामानहरू लगायत तस्करी हुने गरेका छन्।

प्रहरीले नियन्त्रणको सट्टा ‘मासिक असुली’ गरेर तस्करीमा छुट दिने गरेको छ। रामपुर खापबाट हिजोको राति भित्रिएका लाखौं मूल्य बराबरका अबैध समान तस्करी हुदै गरेको छ ।
रौतहटको सीमा क्षेत्रको चौकीमा खटिएका जनपद र सशस्त्र प्रहरीले नै तस्करीमा सेटिङ मिलाएपछि तस्करी मौलाएको हो । यी दुई प्रहरीबीच कसले कमाउने भन्ने ‘धन्दा’ नै चलेको छ स्थानीयहरूको गुनासो रहेको छ ।

प्रहरी चौकी जयनगर , नरकटिया,बंकुल,रामपुर खापका इन्चार्जको नेतृत्वमा एक एक जना प्रहरीलाई सेटिङ मिलाउन खटाइएको छ’, एक प्रहरीले नाम न बताउने सर्तमा भने । एक एक प्रहरी उनका खास खास लाई सेटिङ गर्ने रहेको प्रहरीहरू नै बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here