मो. मोजिबुल्लाह ।। पुर्व प्रधानमन्त्री माननीय माधव कुमार नेपाल एवं गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहद्वारा संयुक्त रुपमा गौर नगरपालिकाको आर्थिक सहयोग प्राविधिक सहयोगमा निर्माण हुने विपी स्मारक तथा घण्टाघरको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको ९५ लाखको लागतमा गौर स्थित मधेशी क्रान्ति चोकमा निर्माण हुने स्मृति टावरको बिहिवार शिलान्यास गरेपछि पत्रकारहरु संग कुरा गर्दै मेयर साहले स्मृति टावरको निमार्णले गौर नगरपालिकाको विकासमा थप टेवा पुग्ने बताए । नगरपालिकाको नगरस्तरिय योजना अन्तर्गत निमार्ण हुने टावर ऐतिहासिक हुने उनले जनाए । टावर निर्माणले पर्यटन क्षेत्रको विकासको साथ साथै पर्यटक भित्रिने विस्वास समेत व्यक्त गरे । विपि कोइरालाको स्मारक भएको ठाउँमा निर्माण भइरहेको स्मृति टावरको चारै तिर देशको लागी योगदान पुर् याएका व्यक्तिहरुको प्रतिमा राखिने मेयर साहले जानकारी दिए ।

यो शिलान्यास मा उपस्थिति रहेका नेपाली कांग्रेसका क्षेत्र नम्बर १ क का विधायक नागेन्द्र साह , नेपाली कांग्रेसका प्रदेस सभापति तथा क्षेत्र नम्बर १ ख का विधायक कृषणा यादव ,नेपाली कांग्रेस का वरिष्ठ नेता रामचन्द्र गिरि,तरून दलका जिल्ला अध्यक्ष मो.नौसाद आलम,नेकपा एकीकृत समाजवादी का नेता लगायत उपस्थिति रहेको थियो ।