मो.मोजिबुल्लाह ।। रौतहटको ईशनाथ नगरपालिकाका नगर प्रमुखद्धारा नगरपालिका भवन निर्माण कार्येको अनुगमन गर्नु भएको छ । सनिबार नगर प्रमुख कौशलया देवीले सो नगर भवनको निर्माणमा काम स्टेमेट अनुसार गुणस्तरीय भइरहेको छ या छैन भनी अनुगमन तथा निरिक्षण गर्नु भएको हो । विभिन्न गाउँ घरमाहरुमा सो भवनको निर्माण कार्य गुणस्तरहीन काम भइरहेको भन्ने आलोचना भइरहेकाले आफुले सनिबार निर्माण भईरहेको नगर भवनको निरिक्षण गरेको नगर प्रमुख देवीले रौतहटएक्सप्रेस अनलाइनलाई जानकारी दिनु भयो । निरिक्षणको क्रममा सो नगरपालिकाको भवन गाउघरमा भनिए जस्तो नभई राम्रो सामग्रीका साथ निर्माण कार्य भइरहेको वाड नम्बर २ का वडाअध्यक्ष धर्मेन्द्र साहले बताउनु भएको छ ।