गौर, १७ माघ । रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नं.५ मा पोखरी स्थित सञ्चालनमा रहेको फुल तारा डेरी उद्योगबाट दूध र घ्यु बनाउने १० क्विन्टल मासुको बोसो र केमिकल प्रहरीले बरामद गरिएको छ । राजपुर नगरपालिका वडा नं.१ पिपरा भगवानपुर निवासी डेरीका सञ्चालक शेख, अली महम्मदलाई प्रहरीले पक्राउ गरेका छन् ।

भारतबाट केमिकल र बोसो ल्याई बाट मसीनबाट घ्यू र दूध उत्पादन गरी बेच्ने गरेको पाइएको छ । रौतहटको राजपुर नगरपालिकाका मो. मतीउल्लाह ले गौरमा विगत ४ वर्ष देखी फुल तारा डेरी उद्योग नामक दूधको पसल सञ्चालन गर्दै आइरहेको अवस्थामा भारत बाट केमिकल ल्याई केमिकलबाट मेशिनले दूध उत्पादन गरी मिक्स दूध बेचबिखन गर्दै आई रहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त रूपमा खटिएका टोलीले रङ्गेहात पक्राउ गरेका हुन्।
हाल डेरी सञ्चालकलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here