रौतहट ।। भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरिएकाे अवसरमा रौतहटकाे विभिन्न ठाउँको राम मन्दिरहरुमा भइरहेको पुजापाठमा मधेश सरकारका भौतिक पुर्वाधार तथा विकास मन्त्री कृष्ण प्रसाद यादव सहभागि भएका छन् । नेपाली कांग्रेस मधेश प्रदेश सभापति एवम् संसदीय दलका नेता समेत रहेका मन्त्री यादबले राैतहट जिल्लास्थित राम मन्दिरहरुमा पुगेर पूजाअर्चना गरि आशिर्वाद ग्रहण गरेका हुन् ।साेही क्रममा वाेल्दै मन्त्री यादवले आजकाे भारतकाे अयाेध्यामा राममन्दिरकाे प्राण प्रतिष्ठा हिन्दु धर्मालम्बीहरुकाे लागि इतिहासिक दिन भएकाे वताए । उनले गढीमाई नगरपालिका – ७ धरम्पुर टोलमा रहेको राम मन्दिरको अधुरो सम्पुर्ण काम आफूले गर्ने प्रतिबद्धता जनाए ।मन्त्री यादवसंगै गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादब, माधव नारायण नगरपालिका मेयर बैजनाथ यादब लागयका नेताहरु रौतहट जिल्लाको विभिन्न मठ मन्दीरमा दर्शन गर्न पुगेका थिए ।

