रौतहटमा लुकाई छिपाई राखेको अवैध सालको काठ प्रहरीले बरामद गरेको छ । गएको शनिबार राती पौने १२ बजेको समयमा जिल्ला रौतहट बृन्दावन न.पा.वडा नं.८ बरगजवा टोल स्थित बाटोको छेउमा रहेको परालको टाल भित्र सालको काठ गोलिया लुकाई छिपाई राखेको अवस्थामा गोलिया ५ थान लगभग ४० क्युबफिट सालको काठ रौतहट प्रहरीले बरामद गरेको छ । बरामद गरिएको उक्त परिमाणको काठ आवश्यक कारवाहिको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा दाखिला गरिएको रौतहट प्रहरीले जनाएको छ। रौतहट जिल्लामा पछिल्लो समय काठ चोरीका घटना बढ्दो क्रममा रहेको छ। डिभिजन बन प्रमुख भएर गृह जिल्ला रौतहट आएका शैलेन्द्र मिश्रको उदासीनताका कारण जिल्लामा बन् अतिक्रमण र चोरी निकासीको घटना बढ्दै गएको स्थानीयहरू बताउँछन् ।

