सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट

पछिल्लाे समाचार

सिरहा _ सिरहा सदरमुकाममा बम विस्फोट भएको छ । सदरमुकामस्थित सिरहा जिल्ला अदालतको अगाडिमा रहेको मधेश ‘ल’ फर्ममा बम विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार दिउँसो ४ बजे बजे भएको बम विस्फोटमा एक जना घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा लगिएको छ ।

सुतली बम भएको प्रारम्भिक अनुमान गरिए पनि अहिले सुरक्षा निकायको टोली घटनास्थलमै रहेको र थप अनुसन्धान कार्य भइरहेको एसपी पाठकले जानकारी दिए ।

spot_img

लोकप्रिय