रौतहट प्रहरीको ठुलो सफलता लामो समय देखि फरारको सूचीमा रहेका २६९ जना अभियुक्तलाई कर्वही

पछिल्लाे समाचार

रौतहट । लामो समय देखि फरारको सूचीमा रहेका २६९ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भइसकेर पनि फरारको सूचीमा उनीहरूलाई चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्त पक्राऊ गरिएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

कर्तव्य ज्यान, डाँका,चोरी, सवारी ज्यान, जबरजस्ती करणी, ठगी, लगायत विभिन्न मुद्दामा संलग्न रहेका ती अभियुक्तहरूलाई अदालतको आदेश अनुसार कैद भुक्तानीको लागि जिल्ला कारागार लगायतको निकायमा पठाइएको एसपी श्रेष्ठले जानकारी दिए ।छौ महिनाको अवधिमा राजेश्वर संकलन गरेको ८६ लाखको हाराहारी मा संकलन गरेको छ।

spot_img

लोकप्रिय