सबैभन्दा पुरानो र ऐतिहासिक प्रहरी चौकी रामपुरखाप पक्की भवनको शिलान्यास सम्पन्न

पछिल्लाे समाचार

२६ मंगसीर ।। रौतहट जिल्ला सबैभन्दा पुरानो र ऐतिहासिक प्रहरी चौकी रामपुर खापको पक्की भवन निर्माण हुने भएको छ ।

परोहा नगरपालिका – ९, स्थित रामपुर खापको कार्यालयको जिर्ण कोठाबाट संचालनमा रहेको प्रहरी चौकीको अब भने आफ्नै पक्की भवन निर्माण हुने भएको हो । प्रहरी चौकी भवनको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी बिष्णु प्रदिप बशियालले शिलान्यास गरेका छन् ।

एक वर्ष ६ महिना भित्र प्रहरी चौकी भवन निर्माण गरी सक्ने गरी जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । २०३१ सालमा प्रहरी चौकीको कार्यालय भवन निर्माण गरी दिएका थिए ।
डिएसपी बिष्णु प्रदिपका अनुसार प्रहरी चौकीको नाममा यसअघि देखि नै रहेको भवनमा गृह मन्त्रालयले बजेट दिएपछि नयाँ पक्की भवन निर्माण हुन लागेको हो ।

spot_img

लोकप्रिय